इटहरी । सुनसरीलाई ७ विकेटले पराजित गर्दै झापा क्रिकेट क्लब इटहरीमा जारी तेस्रो इटहरी राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ । आइतबार इटहरी स्थित नेपाल डिभिएम स्कूलको पिचमा भएको सो खेलमा सुनसरीलाई हराउँदै मेची क्रिकेट क्लब झापाले सेमी फाइनलको यात्रा तय गरेको हो । झापा सेमिफाइनल प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १ सय ६२ रन बनाएको थियो । सुनसरीका लागी विबेक मेहेताले सर्वाधिक ६३ रन बनाउदा अफजल हुसेनले २८, बिप्लव घोषले १९ र सरोज बस्नेतले १७ रन बनाए । बलिङतर्फ झापाका राज थापा र मनोज तामांगले १–१ विकेट लिए ।

१ सय ६३ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रिएको झापाले १८ दशमलव ४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य परा गरेको थियो । खेलमा झापाका लागि अंकित सुबेदीले सर्वाधिक १ सय १ रनमा नटआउट रहेर आफ्नो टिमलाइ जित विजयी बनाए । यस्तै सोनी पुनले २२ रन बनाउदा सुमन श्रेष्ठले १९ रनको योगदान दिए । बलिङ तर्फ सुनसरीका सम्साद अन्सारीले १ विकेट लिए । खेलको म्यानअफ द म्याच बिजयी टिम झापाका अंकित सुबेदी घोषित भए । उनले नगद १५ सय सहित टफी पाए । प्रतियोगिता अन्तरगत सोमबार आयोजक सेभेनस्टार क्लब इटहरी र नेपाली सेनाको त्रिभुवन आर्मी बिच पहिलो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ । बन्दका कारण महाकाली क्रिकेट क्लब महेन्द्रनगर सहभागी हुन नसके पछि आयोजक क्लब बाइ पाएर सिधै सेमिफाइनल प्रवेश गरेको होे । आर्मी शनिबार सम्पन्न उद्धघाटन खेलमा सप्तरी माथी जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । प्रतियोगिताको बिजेताले ७५ हजार नगद सहित टफी र दोस्रो हुने टीमले ४० हजार नगद सहित ट्रफी पाउने छ । यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याष्टमेनले जनही १० हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका प्राविधिक संयोजक सीपी पौडेलले जानकारी दिए ।