इटहरी । बिभागिय टिम नेपाली सेनाको आर्मी र पुलिस क्लब इटहरीमा जारी तेसो्र इटहरी राष्टिय टि २० क्रिकेट प्रतियोगिताको उपाधीको लागि प्रतिष्पर्धा गर्ने भएका छन् । बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा बिभागिय टिम आर्मीले आयोजक सेभेनस्टार क्लब सुनसरीलाइ १ सय ३२ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । बुधबार नै सम्पन्न दोसो्र सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले मेची क्रिकेट एकेडेमी झापालाइ ६१ रनले पराजित गर्दै उपाधीको दावेदार बनेको हो । यी दुइ बिभागिय टिम विहीबार उपाधीको लागि इटहरीस्थित डिभीएम स्कुलको खेल मैदानको क्रिकेट पीचमा प्रतिष्पर्धा गर्नेछन् । बुधबार टस जितेर पहिले ब्याटिङ गरेको आर्मी क्लबले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय ७२ रनको योगफल खडा गरेको थियो । आर्मीका लागी इन्द्रकमल मानन्धरले ५९ रन बनाउदा म्यान अफ द म्याच जितेन्द्र मुखियाले २७ रन बनाए भने महेश क्षेत्रीले २५, राजु रिजालले २४, लोकेन्द्र चन्दले ११ र बिनोद भण्डारीले १० रन बनाए । बलिङतर्फ आयोजक सेभेनस्टारका अमित भगतले ३ र बिकल्प आचार्यले २ विकेट लिए । जवाफमा १ सय ७३ रनको बिजयी लक्ष्य पछ्याएको आयोजक सेभेनस्टार क्लब निर्धारित २० ओभरको खेलमा १६ दशमलव २ ओभरमा ४० रनको झिनो स्कोरमा समेटिएपछी आर्मी भारी रन अन्तरले बिजयी भएको हो । बलिङतर्फ अर्मीका जितेन्द्र मुखियाले ३ विकेट लिए भने साहब आलमले २ विकेट लिए ।
यस्तै बुधबार नै सम्पन्न दोसो्र सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले मेची क्रिकेट एकेडेमी झापालाइ ६१ रनले पराजित गर्दै आार्मी संगको भेट पक्का गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय ४९ रनको योगफल खडा गरेको थियो । पुलिसका लागी योगेन्द्र कार्कीले ३९ रन बनाउदा अबिनाश कर्णले २८, कुशल भुर्तेल, प्रेम तामांग र मञ्जित श्रेष्ठले समान ११–११ रन बनाए । बलिङतर्फ मेची क्रिकेट एकेडेमी झापाका सन्दिप ढुंगानाले ४ विकेट र राज थाापाले २ विकेट लिए । १ सय ५० रनको बिजयी लक्ष्य पछ्याएको मेची क्रिकेट एकेडेमी १८ दशमलव ४ ओभरमा ८८ रन बनाउदै अलआउट भएपछी पुलिस उपाधी नजिक पुगेको हो । मेची क्रिकेड एकेडेमीका लागी राज थापाले ३१ र सन्दिप ढुंगानाले १७ रन बनाए । बलिङतर्फ पुलिसका मञ्जित श्रेष्ठ, योगेन्द्र कार्की र ललित राजबंशीले २–२ विकेट लिए । बिहिबार हुने फाइनल खेलको बिजेताले ७५ हजार नगद सहित टफी र दोस्रो हुने टीमले ४० हजार नगद सहित टफी पाउने छन् ।