इटहरी/ इटहरीमा सम्पन्न इटहरी राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी नेपाली सेनाको बिभागिय टिम आर्मी क्लबले जितेको छ । बिभागीय टिम नेपाल पुलिस क्लबलाई ८ विकेटले पराजित गर्दै आर्मीले जित हासिल गरेको हो । इटहरी सेभेन स्टार क्लबले आयोजनामा भएको सो प्रतियोगितामाको बिहिबार सम्पन्न फाइनल खेलको उपाधि विजतो आर्मीले नगद ७५ हजार रुपैयाँ सहित ट्रफि प्राप्त गरेको छ । उप-विजेता पुलिसले नगद ४० हजार रुपैयाँ प्राप्त गर्यो ।

[caption id="attachment_82911" align="aligncenter" width="2048"] उपाधी जिते पछि बिजेता टिम आर्मीका खेलाडीहरु ।[/caption]

नेपाल डिभिएम स्कूलको पिचमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय २० रन बनाएको थियो । पुलिसका लागी रोशन भुजेलले नटआउट २९ रन बनाउदा कुशल भुर्तेलले २५, प्रेम तामाङले १८ र योगेन्द्र कार्कीले १६ रन बनाएका थिए । बलिङतर्फ आर्मीका हरिकृष्ण झाले ३, साहब आलमले २ र जितेन्द्र मुखियाले १ विकेट लिए ।

जवाफमा १ सय २१ रनको बिजयी लक्ष्य आर्मीले १७ दशमलब ४ ओभरमा २ विकेट गुमाउदै पुरा गर्यो । आर्मीका लागी अनिल मण्डलले नटआउट ५२ रन जोड्दा महेश क्षेत्रीले ३२, बिनोद भण्डारीले २० र राहुल विश्वकर्माले ११ रन बनाए । बलिङतर्फ पुलिसका ललित राजबंशी र कुशल भुर्तेलले १–१ विकेट लिए । फाइनल खेलको म्यानअफ द म्याच आर्मीका अनिल मण्डल घोषित भए । यस्तै प्रतिगोगिताको उत्कृष्ट बलर पुलिसका मञ्जित श्रेष्ठ भए भने उत्कृष्ट ब्याट्स मेन मेची क्रीकेड एकेडेमी झापाका अंकित सुबेदी घोषित भए । उनीहरुले जनही ५–५ हजार नगद पुरस्कार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका हरिशंकर झा घोषित हुदै १० हजार नगद र ट्रफी प्राप्त गरे । इटहरी उपमहानगरपालिकाको संयोजन तथा किसान बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा सम्पन्न प्रतियोगितामा दुइ बिभागिय टिम पुलिस र आर्मी सहित ८ टिमको सहभागिता रहेको थियो ।