लक्ष्मीमार्ग / मोरङको बेलवारी ११ लक्ष्मीमार्ग स्थीत वडा स्तरीय सडक सौर्य बत्ति जडानमा ढिलाई र आर्थीक अनियमिता भएको आशंंका गरेर प्रतिपक्ष दल नेपाली कांंग्रेस, सघिय समाजवादि फोरम नेपाल,राष्ट्रिय खम्बुवान मोर्चा, राट्रिय प्रजातान्त्रीक पार्टि र संघिय लोकतान्त्रीक मञ्चले संयुक्त बिज्ञप्ती निकाल्दै आईतवार बेलवारी नगरपालीकामा उपमेयर ढाका पराजुलीलाई ज्ञापनcपत्र बुझाएका हुन् ।

लक्ष्मीमार्ग स्थीत गत चैत्र ३ गते ११ नम्बर वडा स्तरीय सडक सौर्य बत्ति जडान उपभोक्ता समिति र सोको अनुगमन समिति समेत गठन भएको थियो । सडक सोलर जडान उपभोक्ता समितिले हालको मिति सम्म कामको प्रारम्बीक थालनी हुन नसकेको कारण दिनानुदिन गम्भिर आशंका, उपशंकाहरु पैदा गाराईरहेको एवंं आम उपभोक्ताहरुवाट समेत गुनासो बढिरहेको अवस्थालाई मध्यनजर गरी विकास निर्माणका कुनै पनि कार्यहरु समयमै पारदर्सी ढंगले सम्पन्न हुनुपर्नेमा प्रतिपक्ष दल नेपाली कांग्रेसका वल बहादुर मगरले बताए । लक्ष्मीमार्ग बस्ने बिसाल कटुवालले आन्तरीक रुपमा लगत इष्टिमेट सहित ९०हजारमा र नवराज राईले पनि सोहि प्रकृयावाट ९३ हजारमा भिन्दा भिन्दै कोेटेसन तथा अन्य कागजातहरु पेश गरिएको भएतापनि त्यसको कुनै प्रवाह नगरी काठमाण्डौ स्थीत रहेको बशन्ती इनर्जी सप्लायर्स संग १ लाख १२ हजार ९ सय प्रति गोटाको दरले खरीद कार्य गर्ने सम्झौता भएको जानकारी प्राप्त भएको बिज्ञप्तीमा उल्लेख छ । उक्त बिज्ञप्ती अनुसार हाल जडान गर्न सम्झौता गरीएको बशन्ती इनर्जी सप्लायर्सले करिव २३ हजार बढि मुल्यमा सम्झौता भएको प्रती नेपाली कांंग्रेस, सघिय समाजवादि फोरम नेपाल,राष्ट्रिय खम्बुवान मोर्चा, राट्रिय प्रजातान्त्रीक पार्टि र संघिय लोकतान्त्रीक मञ्चले आपत्ती जनाएको छ ।

बेलवारी नगरपालीका बाट सौर्य बत्ति जडान गर्न भनेर यो आर्थीक वर्षमा २५ लाख नगद उक्त ११ नम्वर वडालाई बिनियोजन गरेको देखिन्छ । बेलवारी नगरपालीकाकी उपप्रमुख ढाका पराजुलीका अनुसार नगरले सो सोलर खरिद प्रकृयाको सत्य तथ्य छानविन गरी उचित मुल्यमा चाँडै ११ नम्बर वडामा सडक सौर्य बत्ति जडान गरीने बताईन् । उक्त ज्ञापन पत्रमा नेपाली कांंग्रेसका वल बहादुर मगर, सघिय समाजवादि फोरम नेपालका अकिलमान राई ,राष्ट्रिय खम्बुवान मोर्चाका कमल गुरुङ, राट्रिय प्रजातान्त्रीक पार्टिका दुर्गा बहादुर कटुवाल र संघिय लोकतान्त्रीक मञ्चका राजेश राईको हस्ताक्षर रहेको छ ।

ब्ततबअजmभलतक बचभब ऋष्अिप जभचभ तय च्भउथि, च्भउथि तय बिि यच ँयचधबचम