इटहरी / इटहरी २० तरहरा हुदै बग्ने खोला तथा पैनीहरु अस्तब्यस्त भएको भन्दै इटहरी वडानम्वर २० तरहराको अगुवाईमा सरसफाई अभियान थालिएको छ । पैनीमा स्थानीयले चर्पी बनाउँने र मिच्ने काम भएको भत्दै पैनीको भाग सफाई अभियानमा वडा कार्यलय लागेको हो पानीपिया खोलाको जनसहयोग स्कुल लाईनमा सफाई अभियान थालेको इटहरी २० का वडाअध्यक्ष मणिराम श्रेष्ठले वताए । खोलामा चर्पी राखेर दुसीत गर्नहरुको चर्पी भत्काईएको उनको भनाई थियो । पैनीमा स्काईभेटर लगाएको शशस्त्र प्रहरी,स्थानीयहरुको सहयोगमा सफाई कार्यक्रम गरेको वडाअध्यक्ष श्रेष्ठको भनाई थियो । आफ्नो क्षेत्र सुन्दर बनाउँन निरन्तर रुपमा सरसफाई कार्यक्रम गदै जाने वडाकार्यलयले वताएको छ । सफाई कार्यक्रममा महिला तथा सामाजिक अगुवाहरुको उल्लेखनीय उपस्थित रहेको थियो। यस अघि पनि सामाजिक अगुवा श्रेष्ठको अगुवाईमा तरहराका खोला नाला सफाई गरीएको थियो ।