पथरी । पथरीशनिश्चरेमा जारी प्रथम सिएम कङ्गदम्वा टि ट्वान्टी क्रिकेट प्रतियोगीतामा उर्लावारीको च्यालेर्जस क्रिकेट क्लव दोस्रो चरणमा प्रवेश गरेको छ । सोमबारको खेलमा पथरीशनिश्चरेको विरेन्द्रनगर क्रिकेट क्लवलाई पराजित गर्दै उर्लावारीको च्यालेर्जस क्रिकेट क्लव दोस्रो चरणमा प्रवेश गरेको हो । निकेश खत्री प्रेरीत खेलमा उर्लावारीले विरेन्द्रनगर माथी १९ रनको रोमान्चक जित हासील गरेको थियो । म्यान अफ दि म्याच । निकेश खत्री घोषित भएका थिए । खत्रीले किफाइती वलिङ्ग गर्दै ४ ओभरमा ८ रन दिदै ४ विकेट हात पारे । टस जितेर व्याटिङ्ग रोजेको च्यालेन्र्जसले १९ओभर ३ वलमा ११४ रनको पारी खेलेको थियो । जहा विजेताका कप्तान फडिन्द्र दाहालले २० र राज श्रेष्ठले नटआउट १६ रन वनाए भने अन्य व्याष्टमेनले दोहरो रन वनाउन सकेनन् । विरेन्द्रनगरका माङ्गलिङ्ग लिम्वु र प्रवेश कामतीले ३,३ नित्य खडरीयाले २ र दिपक न्यौपानेले १ विकेट लिएका थिए । दोस्रो इनिङ्ग खेलेको विरेन्द्रनगरका महेश कार्की वाहेक अन्य व्याष्टमेनले राम्रो रन वनाउन नसक्दा १९ओभर २ वलमा सवै विकेट गुमाएर ९५ रनमै खुम्चीनु प¥यो । उर्लावारीका खत्रीले ४, वसन्त अधिकारीले २ र दिपेश राईले १ विकेट लिए भने अन्य व्याष्टमेन रन आउट भए । पहिलो खेलमा विराटनगरको मोती ११ क्लव प्रतियोगीतामा सहभागी नहुदा इटहरीको सेवेन स्टार क्लव वाइ पाएर अधिल्लो चरणमा प्रवेश गरेको छ ।