मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका वार्ड नं. ८ देवकोटा मा.वि. पश्चिमको अटो दुर्घटना हुदाँ एक ७० बर्षिय वृद्धको मृत्यु हुनुका साथै ३ जना घइते भएको छन । मृत्यु हुनेमा इलाम चुलाचुली–६ निवनसी ७० वर्षिय हर्कबहादुर बोहोराको मृत्यु भएको हो । अटो तिब्र गतिका कारण दुर्घटना भएको स्थानीयले बताएका छन । दुर्घटान लगत्तै गम्भिर घाइते भएका बोहोरालाई उचारर्थ साझ हस्पिटल मधुमल्ला लगीएको र त्यहाँ उपचार सम्भव नभएपछी उर्लाबारीकोे अरनीको अस्पताल लगीएको र निजको अस्पतालमा नै पचारकै क्रममा मृत्यु भएको बताईएको छ । अन्य घाइतेहरुमा मृतक बोहोराकी श्रीमती कमला बोहोर बर्ष ५८ को अरनीको अस्पताल र मोरङ मिक्लाजुुङ ९ की पुणीमा तामाङ बर्ष २२ र सुभद्रा काकी बर्ष ८० को साझा हस्पिटल मधुमललामा उचार भइरहेको र निजहरुको अवस्था खतरामुक्त रहेको साझा हस्पिटल मधुमल्लाका प्रमुख छत्र डाँगीले जानकारी दिए । दुर्घटनामा परेको अटो र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय मधुमल्लाले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मधुमललाका प्रहरी नायब निरक्षक किरण प्रशाइले जानकारी दिए ।