विराटनगर । ३८ सय किलो सुन तस्करी र सनम शाक्या हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ जिल्ला अदालत मोरङ समक्ष चार दिन लगाएर ३७ पृष्ठको बयान दिएका छन् । जिल्ला न्यायिध नारयण प्रसाद शर्माको ६ नम्बर बन्द इजालसमा गोरेले दिएको बयान अनुसार प्रहरीका उच्च तहका अधिकारीदेखी राजनैतिक दलका उच्च ओदाका नेताहरुको संलग्नामा मात्र सुन तस्करी सम्भाव हुने उल्लेख गरेका छन् । तर, गोरेले अदालतमा दिएको बयानमा राजनैतिक दलका नेता को को संलग्न छन् भने कसैको नाम खुलाएका छैनन् । उनले सुन तस्करीमा आफू तल्लो लेवलको मान्छे भएको बताएका छन् । उनले बयानमा भनेका छन्, ‘सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मानिसको मिलेमतोमा हुने गर्छ । को को संलग्न छन् एकिन भन्न सक्दिन । तस्करीबाट आउने सुन सबै इण्डिया जाने गर्दछ । सुनमा लगानीकर्तासमेत भारतीय नै हुन ।’ अदाल समक्ष दिएको बयानमा भनेका छन, ‘म भन्दा माथिल्लो लेयरका सुन तस्करीका नाइके, प्रहरीका उच्च अधिकारी तथा राजनीतिक दलका ठूला नेता पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुन्छ । धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको उनको बयान छ । आफूले भरियाहरुको सेटिङ मिलाउने गरेको भन्दै गोरेले छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने सामान्य मानिस मात्र भएको जिकिर गरेका छन । उनका अनुसार छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाउने गरेका थिए । मृतक सनम शाक्यलाई कसैले अपहरण गरेको छैन । निजलाई मैले करेन्ट लगाएको समेत छैन ।’ खत्रिले एककेजी सुन पास गराउँदा ५० हजार रुपैयाँ लिन्थे गोरेले अदालत समक्ष दिएको बयान अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाउन खत्रीको मूख्य भूमिका रहेको बताएका छन् । फ्लाइ दुबईबाट एक पटकमा १५ देखि २० किलोसम्म सुन आउने गरेको भन्दै उनले दुबईबाट भरियामार्फत झोलामा सुन आएपछि भरियालाई प्रहरीले पास उपलब्ध गराउने र चेकजाँच नभई सुन खत्रीको कोठामा पुगेर बाहिरिने गरेको बताएका छन । गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर ल्याउँथे । खत्रीले सुन बाहिर निकालेवापत प्रतिकिलो ५० हजार रुपैयाँ लिने गरेको भन्दै उहाँले उनकै सहयोगमा ५ सय किलोसम्म सुन आएको गोरेले बयानमा स्वीकार गरेका छन । गोरेको बयानलाई आधार मान्ने हो भने खत्रीले ५०० किलो सुन पास गराउँदा साढे २ करोड बुझेका छन । छानविन समितिको अनुसन्धानका क्रममा बरामद भएको खातामा पनि खत्रीलाई एक करोड बढी रकम दिएको पाइएको थियो । खत्री अहिले फरार छन । छानविन समितिले बयानका लागि बोलाए पनि अनुपस्थित भई फरार भए । उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठनमा रेड नोटिस जारी गर्ने तयारी छ । उनी तिनै प्रहरी अधिकारी हुन, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए तर, पछि उनलाई अदालतले सफाइ दिएको थियो । प्रहरीसँग २ करोडको डिलपछि भारत भागे ः गोरे गोरेले प्रहरीसँग शव लुकाउने ‘डिल’ भएपछि भारत छिरेको खुलाएका छन । बयानमा गोरेले सनमको हत्यापछि शव व्यवस्थापन गर्न प्रहरीसँग २ करोडको डिल भएको तर, प्रहरीमाथि भर नलागेपछि भागेर कलकता पुगेको उनले दिएको बयानमा उल्लेख छ । गोरेका अनुसार उनले सुरुमा भारतीय तस्करहरुको समूहले साथीको हत्या गरेको भनी अपराध महाशाखाका प्रहरीलाई बताएका थिए । सहयोग माग्दै चिनजानका सई बालकृष्ण सञ्जेललाई फोन गरेको र उनले अरु हाकिमसँग कुरा गरेपछि शव व्यस्थापन गर्न डिएसपी प्रजित केसीको नेतृत्वमा टोली पूर्वतर्फ आएको बताएका छन । बाटोमा डिएसपी केसीले फोन गरेर लास व्यवस्थापन गरिदिएवापत २ करोड रुपैयाँ पैसा माग गरेको गोरेले बताएका छन । सई सञ्जेलले समेत त्यसबारे कुरा गरेको उनी बताउँछन । ‘घटनाको जिम्मा टेकराज मल्लले लिने, शव जंगलतिर कतै राखेर मृतक परिवारलाई खबर गर्ने, क्षतिपूर्ति दिने र टेकराजलाई निश्चित रकम दिने सहमति भयो,’ उनी भन्छन, ‘त्यसवापत प्रहरीलाई २ करोड दिने कुरा भएको थियो ।’ तर, आफूहरु धरान पुग्दा सनमको मृत्यु भएको गाउँघरमा हल्ला चलेको खबर पाएको उनको बयान छ । ‘त्यसपछि त्यहाँ बस्नु ठीक छैन भन्ने सोचेर निस्किएको थिएँ’, उनले भने, ‘टेकबहादुरलाई सञ्जेल मामा आउँदै हुनहुन्छ । सबै ठीक हुन्छ भनेर म त्यहाँबाट हिँडेको थिएँ ।’

भारत भागेपछि डियसप केसीसँग गोरेको फोन सम्पर्क शव व्यवस्थापन गर्ने जिम्मा टेकबहादर मल्ल ठकुरीलाई दिएपछि विराटनगरहुँदै जोगवनीबाट भारतर्फ भागेको गोरेले बयानमा बताएका छन् । ‘प्रहरीले सहयोग गर्ने यकीन थिएन र प्रहरीलाई विश्वास गर्नु राम्रो पनि होइन भन्ने लागेपछि भारत छिरेको बताउँने गारेले आपूmलाई नै फसाउने शंका लागेको पनि बताएका छन । आफू भारत पुगेको भोलिपल्ट डीएसपी प्रजित केसीसँग भारतबाटै फोन सम्पर्क भएको उनले बताएका छन् । डियसपी केसीसँगको फोन सम्पर्कमा केसीमा नेपाल आउन पटक पटक आग्रह गरेको उनले दिएको बयानमा उल्लेख छ ।