धनकुटा । जिल्लाको पाख्रीवास नगरपालिका वडा नं.५ भैंसेकी फुलमाया तामाङको पसलबाट ४ लाख नगद चोरी गर्ने ट्रक चालकलाई प्रहरीले आईतवार सरकारी मुद्धा सम्वन्धि वन्दोवस्ती गर्न वनेको ऐन २०४९ को दफा १५ को उपदफा २ वमोजिम चोरीको कसुरमा जिल्ला अदालत धनकुटामा मुद्धा दायर गरेको छ । नगद सहित ट्रक र ट्रकका चालक स्थायी घर भोजपुरको ट्याम्के मयुङ्ग नगरपालिका वडा नं.५ मा रहेका भरत राईलाई प्रहरीले शुक्रवार साँझ पक्राउ गरेको थियो । पक्राउ परेका चालक भोजपुरबाट विराटनगर तर्फ उतिसको लक्कडी ना. ६ ख. ८०३३ नम्वरको फुलवडी ट्रकमा लिएर आउँदै थिए । ट्रकका सह–चालक माइला दर्जी भने घट्ना लगत्तै फरार भएको प्रहरीले वताएको छ । उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ । पसलमा जाँड खान आएका चालक राई र सह–चालक दर्जीले फुलमायाको आँखा छलेर पसलमा झोलामा हालेर राखेको पैसा चोरी गरेर भागेको पिडित फुलमायाले ब्लाष्टलाई वताएकी छन् । आफु जाँड छान्न भनेर पसल भन्दा अर्को कोठमा गएको वेला झोलाबाट पैसा चोरी भएको फुलमायाले वताईन । फुलमायाले शुक्रवार राष्ट्रिय वाणिज्य वैंक धनकुटाबाट ४ लाख नगद घरायसी कामको लागी लगेर गएकी थिइन । उनले पैसा र मोवाईल एउटै झोलामा राखेको वताईन । आफु जाँड छान्न गएको वेलामा फोन आएको र फोन झिकेर जाँड छान्ने कोठमा आफुलाई छोरीले ल्याइदिएको वेलामा मोवाईलसंगै राखेको नगद चोरी भएको फुलमायाले वताएकी छन् । फोनमा वातमार्दै जाँड छानेर पसलमा ल्याएर चालक र सह–चालकलाई दिएको तर उनीहरुले सदा झै जाँड पुरै नखाई आधा वटुका मात्र खाएको फुलमायाले वताईन । सो वखत चालक राई र सह–चालकदर्जी जाँड खाएर राम्रोसंग नवोली हत्तार/हत्तार ट्रक लिएर हिडेका थिए । फुलमायाले धनकुटा आउँदा पसलको सामान पनि संगै लिएर गएका थिए । सामान पसलमा थन्क्याएर सामानको विल पैसा भएको झोलामा राख्नु खोज्दा झोलामा राखेको पैसा नभेटाए पछि फुलमाया अत्तालिएकी थिइन । झोलामा राखेको पैसा पक्कै पनि ट्रकका चालक र सह–चालकले चोरेको शंका लागेर छरछिमेकीलाई गुहारेर पाख्रीवास तर्फ आउँदै गरेको ट्रक रोक्न आग्रह गरेकी वताईन । गाउँलेहरुको सहयोगमा पैसा लिएर भागेको ट्रकलाई घोर्लिखर्कको दियालेमा रोकेर खान्तालासी गर्दा ना.६ ख. ८०३३ नम्वरको फुलवडी ट्रककोचालक वस्ने सिटको मुनि टुल वक्समा ४ लाखनगद स्थानियले वरामद गरेका थिए । नगद सहित ट्रक र ट्रकका चालक भरत राईलाई स्थानियले प्रहरीलाई जिम्मा लगाएका थिए भने सह–चालक दर्जी भने दियालेबाट फरार भएका छन् । गाउँलेले पाख्रीवास इलाका प्रहरी कार्यालयका इन्चार्ज युवराज गुरुङ्गको कमाण्डमा गएको प्रहरी टोलीलाई नगद ४ लाख सहित ट्रक र ट्रकको चालकलाई जिम्मा लगाएको थिए । गाउँलेले वरामद गरेर प्रहरीलाई जिम्मा लगाएको नगद, ट्रक र चालकलाई शुक्रवार राती १२ वजे जिप्रका धनकुटामा ल्याइएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख सुरेन्द्र वहादुर गुरुङ्गले ब्लाष्टलाई वताएका छन् । प्रहरी प्रमुख गुरुङ्गकाअनुसार ४ लाखनगद सहित पक्राउ परेका चालक राईलाई सरकारी मुद्धा सम्वन्धि वन्दोवस्ती गर्न वनेको ऐन २०४९ को दफा १५ को उपदफा २ वमोजिम चोरीको कसुरमा जिल्लाअदालत धनकुटामा मुद्धा दायर गरिएको वताएका छन् ।