यासोक । पाँचथरको फाल्गुनन्द गाउँपालिका र कुम्मायक गाउँपालिकामा डेडमार्क सरकारको सहयोगमा उन्नती पर्योेजनाले चार करोडको लागतमा १६ किलोमिटर सडक मर्मत सम्माहर गर्दै आएको छ । जिल्लाको दुई गाउँपालिका हुदै अन्तर जिल्ला जोड्ने सडक अन्तरगर्तको उत्तरे–यासोक सडक खण्डको १६ किलोमिटर सडकमा मर्मत सम्हार हुदै आएको हो । आर्थिक बर्षको अन्तिम चरणमा उन्नतीले उक्त सडक निर्माणको काम चार खण्ड बिभाजन गरी योजनाको काम गदै आएको छ । प्रतेक खण्डमा चार, चार किलोमिटको दरले क्षेत्र बिभाजन गरी सोही संख्याकै समिमितबाट काम हुदै आएको छ । मर्मत सम्महार गरिएको सडकमा ग्राभेल, सोलीङ, होमपाईप र ग्याभीङ गरी सात किलोमिटरको सडक निर्माण गर्नु पर्ने हुन्छ । आयोजनाको काम छोटो समयमा पुरा गर्नुपर्ने भएकाले पनि आफुहरुले योजनाको कामलाई तिब्र गतिमा अघिबढाई रहेको गैरीगाउँ–यासोक सडक खण्ड उपभोक्ता समिति अध्यक्ष प्रकाश काफ्लेले बताए । चालु आर्थिक बर्षको अन्तिम समयमा आयोजनाको काम पुरा गर्नु पर्ने भएकाले सडक आसपासका उपभोत्ताहरुलाई सहमतीमा ल्याईसकेकाले असार १५ गते सम्ममा सडक मर्मत सम्हारको काम पुरा हुने काफ्ले दावी गर्दछन् । जिल्लाको दुई गाउँपालिकामा आर्थिक बर्षको अन्य तिर ठुलो बजेटमा निर्माण भईरहेको सडकको गुणस्तर कायम गर्न दुबै गाउँपालिकाकाले अनुगमन गर्दै आएका छन । आयोजनाको काम के कसरी भईरहेको छ ? भनी निरन्तर अनुगमन गर्दै आएका छौ । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङले भने । आयोजनाको चार वटा खण्ड मध्ये तीन वटा खण्ड फाल्गुनन्द गाउँपालिकामा भएकाले पनि सडकको गुणस्तरमा कुनै कमी हुन नदिने उनले दावि गरे । कुम्मायक गाउँपालिकामा एक खण्ड र बाँकी ३ करोेड बराबरको खण्ड फाल्गुनन्द गाउँपालिकामा रहेको छ । उत्तरे, यासोक, लुमुघाट हुदै तेह्रथुम जोड्ने सडक स्तर उन्नतीको लागी छुटीएको रकम हाल सम्मकै ठुलो भएको स्थानियले बताएका छन् । दुबै गाउँपालिकाका स्थानियहरु बिगत लामो समय देखी उक्त सडकबाटै झापा, मोरङ र सुनसरी लगायतका जिल्लामा आवत जावत गर्दै आएका छन । तर बर्खाको समयमा भने स्थानियहरुले सास्ती भोग्दै आएका थिए । सडक मर्मत सम्हार पछि यस्तो समस्या नदोहोरीने उनीहरुले बिश्वास रहेको छ ।