विराटनगर । स्थानीय तहले पूर्ण रुपमा उत्खनन गर्न रोक लगाएको खोलाबाट नै अवैध रुपमा उत्खनन हुने गरेको पाइएको छ ।

स्वीकृत परिमाणभन्दा तीन गुणा बढी नदीजन्य पदार्थ उत्खनन् गरेर प्राकृतिक स्रोतको व्यापक दुरुपयोग गरेको भन्दै मोरङको केराबारी गाउँपालिकामा पर्ने खदम खोला उत्खनन् गर्न पूर्ण रुपमा रोक लगाएको थियो ।

तर उत्खनन गर्न रोक लगाएको एक सता वित्न नपाउँदै बारम्बार अवैध रुपमा उत्खनन गरेको पाइएपछि प्रहरीले एक साताको बिचमा तीन वटा ट्रिफर र चार वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

इलका प्रहरी कार्यालय केराबारीले खदम खोलाबाट मापदण्ड विपरित अवैध रूपमा खोलाजन्य पदार्थ (मिक्स गिट्टी) उत्खनन गर्दै गर्दा १ क ६८५४ नम्बरको जेसिबी र को १ ख ५१७६ र ना ३ ख ५२६० नं.को ट्रिपर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला समवन्य समिति मोरङको कार्यालय पठाएको छ ।

प्रहरीले यस अघि पनि केही दिन यता दुई वटा ट्रिफिर र चार वटा ट्याक्टर प्रहरीले पक्राउ गरेको थियो । केराबारी गाउँपाकिाले गएको शुक्रबार खोला ठेक्का लिएको ठेकेदार कम्पनी भूमि कन्ट्रक्सनको नाममा पत्र नै लेखरेर उत्खनन् रोक्न भनिएको थियो । तर, पूर्ण रुपमा उत्खनन रोक्न भनेको एक साता वित्न नपाउँदै उत्खनन गर्दै गरेको गरेको जेसीबि र ट्याक्टर प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीले यसअघि अवैध ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा ओसार पसारमा संलग्न ना १ क ६८५४ नं. को जेसिवी, को १ त ४८३८, को २ त ७३४०, को २ त ६८४५, को २ त ४३२१ नम्बरको ट्क्याटर ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । मोरङको केरावारीस्थित खदम खोलामा अत्याधिक उत्खनन् गरेर ढुंगा, गिटि बिक्री गर्दा खोला गहिरिएको र राज्यको करोडौं रुपैयाँ राजश्व चुहावट भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । स्थानीयले विरोध जनाएपछि गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले गाउँपालिका क्षेत्रको विकास निर्माण कार्यलाई समयावधी भित्रै सम्पन्न गर्न खोला उत्खनन् गर्ने कार्य बाँकी रहेकोले उत्खनन् अनुमति दिइएकोमा अब पूर्णरुपमा बन्द गर्न भनिएको थियो ।