धनकुटा । अनेम संघ धनकुटाले पाख्रीवास नगरपालिका वडा नं.२ सान्नेका चुडामणि पुलामी मगरको स्वास्थ्य उपचार का ेलागी सोमवार आर्थिक सहयोग गरेका छ । पाख्रीवास नगरपालिका वडा नं.२ घर भएका वर्ष ३५ का पुलामी मगरको मृगौला प्रत्यारोपणमा सहयोग पु¥याउने अनेम संघ धनकुटाले संकलन गरेको २० हजार, ५ सय ५ रुपयाँआर्थिक सहयोग गरेको हो । धनकुटामा सोमवार एक कार्यक्रमको आयोजना गरेर अनेम संघका केन्द्रिय सदस्य एवं जिल्ला समन्वय समितिका उप–प्रमुख वंगला राईले पुलामी मगर सहयोग समितिका संयोजक मनोज चाम्लीङ्ग राईलाई रकम हस्तान्तरण गरेका हुन् । रकम ग्रहण गर्दै पुलामी मगर आर्थिक सहयोग समितिका संयोजक चाम्लीङ्ग राईले सोमवार सम्ममा १५ लाखभन्दा वढी रकम संकलन भैसकेको वताएका छन् । सो अवसरमा उनले सहयोग गर्ने सवै संघ संस्था एवं व्याक्तिहरुलाई धन्यवाद समेत दिएका छन् । सहयोग रकम हस्तान्तरण कार्यक्रमको संचालन अनेम संघ धनकुटा सचिव तारा तामाङले गरेका थिए । अनेमसंघ धनकुटाका अध्यक्ष सिमा राईको अध्यक्षतमा सम्पन्न भएको थियो ।