धनकुटा । प्रहरीले धनकुटामा नागरिक सुरक्षा सूचना टाँस्ने अभियान सोमवारदेखी धनकुटामा शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा धनकुटाको भिमनारयण चोकबाट शुरु भएको नागरिक सुरक्षा सुचना टाँस्ने अभियानको उद्धघाटन नगर प्रमुख चिन्तन तामाङ र प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले गरेका थिए । भिमनारयण चोकवाट शुरु भएको नागरिक सुरक्षा सुचना टाँस्ने अभियान धनकुटाको विचवजार, परिचयमोड, हुलाकटोल, मदनचोक हुँदै वसपार्कमा आएर औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । प्रहरीले नागरीक सुचना र सुरक्षाकालागि घर घरमा स्टिकर टाँस्ने अभियान संचालन गरेपछि धनकुटा वजारवासीले कार्यक्रमले नागरिकको सुरक्षाको लागी सहयोग गर्ने धारणा राखेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा नागरीकहरुलाई कुनै पनि प्रकारको असुरक्षाजन्य गतिविधि हुन नदिन सचेत गराउने उद्येश्यले उक्त स्टिकर टास गरिएको हो ।सुरक्षामा खटिने प्रहरीलाई आफ्नो कामप्रति चुस्त, इमान्दार, जिम्मेवार र जवाफदेहि बनाउदै आमनागरीकलाई थप सुरक्षाको अनुभुती दिलाउन यो अभियान सञ्चालन गरिएको प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले बताएका छन् । प्रहरीले शंकास्पद चिज वस्तु वा त्यस्ता क्रियाकलाप भएको जानकारी भएमा तत्काल प्रहरीलाई खवर गर्न अनुरोध पनि गरेको छ । शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आम नागरीकको पनि भुमिका महत्वपूर्ण हुने हुदा यो अभियानमा सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ । कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रमणि पराजुली, प्रमुखजिल्लाअधिकारी मनोहर प्रसाद खनाल, धनकुटा नगरपालिकाकाप्रमुखचिन्तनतामाङ जिल्ला स्थित सुरक्षानिकायकाप्रमुखहरु,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरु, स्थानिय संचारकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो । यसैविच धनकुटाको हिलेमा पनि हिले प्रहरी चौकीको आयोजनामा नागरिक सुरक्षा सूचना टाँस अभियान सोमवार संचालन गरेको छ । सो अवसरमा धनकुटा नगरपालिका वडा नं.१ का वडाध्यक्ष निरेन तामाङले सूचना टाँसेर अभियानको उद्धघाटन गरेका थिए । हिले चौकीमा आयोजना गरिएको कार्यक्रमको वारेमा चौकी इन्चार्ज यदु खड्काले जानकारी गराएका थिए । सो अवसरमा आयोजित सचेतनामुलक र्यालीमा वडा सदस्य लालचन्द्र गोङ्गवा तामाङ लगायत हिलेका उधोगी, व्यावसायी, शिक्षक, महिला अधिकारकर्मीहरु, प्ररही अधिकृत र जवानहरुको उल्लेख्य सहभागिता रहेको थियो ।