इटहरी । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले देशमा सञ्चारको विकास तिब्र हुदै गएको वताए । सुनसरीको इटहरीमा जनता टेलिभिजनको प्रादेसिक कार्यलय उद्घाटन कार्यक्रमको उद्घाटन गदै मुख्यमन्त्री राईले सो कुरा वताएका हुन ।
जनस्तरबाट सञ्चालनमा ल्याउने गरी आएको दर्ता प्रकृयामा आएको जनता टेलिभिजनले छोटो समयमै लोकप्रीयता हासिल गरेको भन्दै जनताकै टेलिभिजन वन्ने गरी काम गर्न आग्रह गरेका थिए । टेलिभिजनका अध्यक्ष डा विजय पौडेलले जनताको दुख पिडालाईमा साथ दिदै जनताका आवाज वुलन्द गर्न स्थापित गरिएको जनाए ।
जनता टेलिभिजनका महाप्रवन्धक लक्ष्मण हुमागाईले टेलिभिजनहरूको भिडमा प्रिथक र जनताको आवाज बोल्ने सञ्चार माध्यमका रूपमा जनता टेलिभिजन ल्याइएको वताए भने कार्यक्रममा प्रदेश सांसद र्सर्वध्वज साँवा , निलम बस्नेत लगायतले टेलिभिजनलाई शुभकामना दिए ।
सञ्चारको विकास तिब्रः मुख्यमन्त्री
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































