धरान । २० वर्षपछि फ्रान्सले पुनरागमन गर्दै दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ ।
१९९८ को विश्वकप विजेता फ्रान्सले पहिलो पटक फाइलन पुगेको क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै ऐतिहासिक पुनरागमन गरेको हो । १९९८ मा फ्रान्सले क्रोएसियालाई सेमिफाइलनमा २–१ ले पराजित गर्दै स्तब्ध बनाएको थियो । ठिक २० वर्षपछि क्रोएसियालाई पराजित गर्न सफल बन्यो । रूसको लुजनिकी रङ्गशालामा सम्पन्न फाइलनमा फ्रान्सका एन्टोनी ग्रिजम्यान, पाउल पोग्बा र केलियन एमबाप्पेले गोल गरे । ग्रिजम्यानले पेनाल्टी र फ्रिकिकमार्फत् गोल गर्दै कुल ४ गोल पुर्याए ।
विश्वको पाँचौं महङ्गो खेलाडी पोग्बाले यो विश्वकपमा पहिलो गोल गरे । एमबाप्पेले भने कुल ४ गोल पुर्याएका छन् । यसपटक बेल्जियमका रोमेलु लुकाकु, पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, र फ्रान्सका ग्रिजम्यान र एमबाप्पेले चार–चार गोल पुर्याएका छन् । इङ्ल्याण्डका ह्यारी केनले कुल ६ गोल गर्दै गोल्डेन बुटका हकदार बने । इङ्ल्याण्ड चौथोमा समेटियो ।
ग्रिजमेनले १९ औं मिनेटमा फ्रिकिकमार्फत् खाता खोले । जसक्रममा क्रोएसियाका मारियो माञ्जुकिचले हेडमार्फत् क्लियर गर्ने क्रममा आत्मघाती गोल हुन पुग्यो । क्रोएसियाले खेलको २८ औं मिनेटमा बराबरी गरेका थिए । खेलमा इभान पेरिसिचले बराबरी गोल फर्काए पनि जित टार्न सकेनन् । फ्रान्सले पुन ३९ औं मिनेटमा पाएको पेनाल्टीमा ग्रिजम्यान चुकेनन् । खेलको ५९ औं मिनेटमा पोग्वाले गोल गर्दा एमबाप्पेले अन्तिम गोल गर्दै उपाधि शुनिश्चित गरे । खेलमा मारियो माञ्जुकिचले फ्रान्सका गोलरक्षकको गल्तीका कारण दोस्रो गोल गरे पनि जितका लागि काफी बनेन ।
खेलमा फिफा युवा खेलाडीमा एमबाप्पे घोषित भए । त्यस्तै गोल्डेन बल विजेता लुका मोड्रिक घोषित भए । फ्रान्ससँग क्रोएसियाले हालसम्म जित निकाल्न सकेको छैन । तीनपटक फ्रान्सले जितेको थियो भने दुईपटक बराबरी गरेको थियो । यो खेलसँगै फ्रान्सले चौथोपटक क्रोएसियालाई जितेको छ । तीनपटकसम्म फाइलन पुगेको फ्रान्सले दुईपटक उपाधि जितेको छ भने सन् २००६ को विश्वकप फाइलनमा इटालीले उचालेको थियो ।
क्रोएसिया पहिलो पटक फाइनलमा पुगेको हो । ४१ लाख ७० हजार जनसंख्या रहेको क्रोएसिया फाइलनमा पुग्नु नै ठूलो उपलब्धी मानिएको छ ।