इटहरी/ इटहरी–३ का वडाध्यक्षमाथि बिहीबार हातपात भएको छ । वडा कार्यालयद्वारा आयोजित महिला प्रशिक्षण कार्यक्रममा आमालाई अपशब्द बोलेको भन्दै स्थानीय कुमार गिरीले वडाध्यक्ष बालकृष्ण बिष्टमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।
हातपात गर्ने गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मन्दिरको बिषयमा गिरीले आफुलाई मुक्का हानेको वडाध्यक्ष बिष्टले जानकारी दिए । मन्दिरमा अण्डा पकाएको विषयमा पीडक गिरीको आमाले किन पकाएको भन्दा विवाद सिर्जना भएको थियो ।
सोही विबादपछि विष्टमाथि हातपातको प्रयास गरेका थिए । सार्वजनिक कार्यक्रममा आएर हातपात गरेको भन्दै बिष्टले गिरीलाई कडा कारबार्ही गर्न माग गरेका छन् । यता गिरी परिवारले भने मन्दिरमा अण्डा पकाएको विषयमा सामान्य विवाद मात्र भएको बताएका छन् ।
उनीहरुले गिरीलाई फसाउँन खोजेको आरोप समेत लगाएका छन् ।