पाँचथर/ अनैतिक रुपमा शारीरिक सम्बन्धमा संलग्न एक जोडिलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ सिदिङवा गाउँपालिका-४, घर भइ फिदिममा डेरा गरी बस्ने बस्ने २५ बर्षिया महिला र इलाम नगरपालिका-६, का ३७ वर्षिय पूरुष रहेका छन् ।

सामाजिक र पारिवारिक जीवनमा असर पर्ने भन्दै प्रहरीले उनीहरुको नाम गोप्य रोखेको छ । ती महिलाले श्रीमान घरमा नभएको समयमा परपूरुषसँग यौन सम्बन्ध राख्ने गरेको स्रोतले बताएको छ ।

इलामको गजुरमुखि निर्माण सेवामा कार्यरत ती पूरुषसँग यौन सम्पर्क गरिरहेको बेला महिलाका आफन्तले रङ्गेहात फेला पारेपछि प्रहरीलाई खबर गरेको आफन्तले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले भने सार्वजनिकस्थलमा यौनजन्य क्रियाकलापमा संलग्न जोडिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरुलाई प्रहरीले मंगलबार राती पक्रेको हो ।  पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अनिल कुमार पौडेलका अनुसार निजहरु उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता विरुद्धको कसुर (सार्वजनिक स्थानमा यौन) अन्तर्गत जिल्ला अदालतमा मुद्धा दर्ता गरी अनुसन्धान थालिएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।