मधुमल्ला / मोरङको मिक्लाजुङ गाँउपालिकामा (अबको गन्तव्य असुरक्षित गर्भपतनको अन्तय) भन्ने मुला नाराका साथ चौथौ सुरक्षित गर्वपतन दिवस अन्र्तकृया कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

मिक्लाजुङका विभिन्न विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने किशोर किसोरीहरुलाई अन्र्तकृया कार्यक्रममा सहभागी गराईएको मिक्लाजुङ गाउँपालिका स्वास्थ्य संयोजक चिन्तामणि पोख्रेलले बताए । कार्यक्रमा असुरक्षित गर्भपतन भनेको के हो ।

असुरक्षित गर्भतन र सुरक्षित गर्भपतन, फाइदा बेफाइदाको बारेमा स्वस्थ्य कर्मी यसोदा घिमिरे र चन्द्रकला राई प्रस्ट पानु पारेका थियो ।

मिक्लाजुङ गाउँपालिकामा मधुमल्ला स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा संचालन हुदै आएको छ । कुनै पनी महिलालले असुरक्षीत गर्भपतन गराई अकालमा ज्यान गुमाउनु नपारोस भन्दै नेपाल सरकारले निःशुल्क गर्भपतन सेवा प्रदान गर्दै आएको छ ।

गत आ.व. २०७४/०७५ मा मधुमल्ला स्वस्थ्य चौकीमा ७८ जनाले सुरक्षित गर्भपतन गराएकोमा हाल ६५ जनाले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दै आएको मधुमल्ला स्वास्थ्य चौकीका प्रमुख संजिब कुमरले जानकारी दिए ।

साथै पछिललो दुइ महिना श्रावण र भाद्रमा मधुमल्ला स्वास्थ्य चौकीमा १४ जनाले सेवा लिएको सुरक्षित गर्भपतन सेवा दिदै आएकी मधुमल्ला स्वास्थ्य चौकीकी यसोदा घिमीरेले बताइन् ।  यसरी गर्भपतन गराउन आउनेहरुको नाम स्वास्थ्य संस्थाले गोेप्य राख्ने गरेको छ ।