ताप्लेजुङ / कर्तव्य ज्यान मुद्धामा अदालतबाट २०२० वर्षको कैद सजाय फैसला भएका दुई प्रतिवादीलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ ।

२०६८ असोज १ गते जिल्लाको मैवाखोला गाउँपालिका–४ साँघुका बलबहादुर लिम्बूलाई कर्तव्य गरि फरार रहेका सोहि ठाउँ बस्ने ५२ वर्षीय मन वहादुर संयोग लिम्बू र वर्ष ५० का सन्तोष भनिने कुमार लिम्बूलाई आज विहान पक्राउ गरिएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सञ्जयसिँह थापाले जानकारी दिए ।

उनिहरुलाई २०७४ बैशाख १५ गते जिल्ला अदालत ताप्लेजुङले २०२० वर्षको कैद सजायको फैसला गरेको थियो । पक्राउ परेका दुवै प्रतिवादीलाई फैसला वमोजिम कैद भुक्तानको लागि आज नै कारागार चलान गरिएको डिएसपी थापाले जानकारी दिए ।

डिएसपी थापाका अनुसार अन्य फरार प्रतिवादीहरुको खाजी अभियान समेत जारी रहेको छ ।