इनरुवा/ सुनसरीको इनरुवा ३ सखुवागाछीबाट ८ किलो चाँदीका गहनासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत कलकत्ताका ४४ वर्षिय बिश्वनाथ जाना रहेका छन् । बिरगञ्जबाट काकडभिट्टा जाँदै गरेको मातृभाग्य बसमा सवार जाना प्रहरी चेकजाँचका क्रममा अवैध चाँदी समेत पक्राउ परेका हुन् । पक्राउ परेका उपर आवश्यक कार्वाही थालिएको सुनसरी प्रहरीले जनाएको छ ।