[caption id="attachment_69107" align="alignnone" width="768"] फायलफाेटाे[/caption]

पथरी/मोरङको चिंसाङ खोलाबाट अवैध रुपमा बालुवा, गिटि निकासा गर्दै गरेको अवस्थामा सेक्टर वन कार्यालय बेलबारीले एउटा ट्याक्टर पक्राउ गरेको छ ।

बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाको सिमानामा रहेको चिसाङ खोलाबाट बुधबार को २ त ४२२९ नम्बरको जहदाको ट्याक्टर लोड गरिएको अवस्थामा पक्राउ गरिएको सेक्टर वन बेलबारीका सहायक वन अधिकृत सत्रुघनलाल देवले बताए । पक्राउ गर्ने क्रममा २५ वटा टयाक्टर भागेको उनिहरुले बन क्षेत्र भित्र निकासा गरेकोले पक्राउ गरेको देवले बताए ।

ढुङ्गा गिटि निकासा गर्ने बाटो असोज १ गते देखि खोले पनि खोलाको ठेक्का अझै लाग्न सकेको छैनन् । चिंसाङ खोलाको ठेक्का लगाउने जिम्मा बेलबारी नगरपालिकाले पाएको छ ।