पाँचथर / जिल्लाको फिदिम नगरपालिका-५, फलाँटेकी ४० वर्षिया मुटु रोगबाट पीडित सुकमाया तुम्बापोलाई तुम्बापो समाज सेवा संघले आर्थिक सहयोग गरेको छ ।
कमजोर आर्थिक अवस्था भएकी तुम्बापोको उपचारमा सहयोग पुगोस भन्ने उदेस्यले संघले संकलन गरेको ४० हजार रुपैंयाँ हस्तान्तरण गरिएको हो । सुकमायालाई घरैमा पुगेर उक्त रकम संघका वरिष्ठ उपाध्यक्ष अग्नीप्रसाद तुम्बापो र फिदिम नगरपालिका-५, का वडा अध्यक्ष लीलाराज तुम्बापोले हस्तान्तरण गरेका थिए ।