धनकुटा/ १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले राजधानीको लागी निर्णय गर्दा धनकुटालाई जसरी भएपनि सम्बाेधन गरिने बताएका छन् ।
सोमबार प्रेस चौतारी नेपाल धनकुटाले धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासा मेटाउने क्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।
सो अवसरमा उनले प्रदेशको नाम र राजधानी तोक्न निर्णय गर्न प्रदेश सरकार लागी रहेको जानकारी गराँउदै मुख्यमन्त्री राईले भने “अब चाँडै प्रदेशको नाम र राजधानीको लागी स्थान तोकिन्छ ।”
तपाईहरु ढुक्क हुनुहोस सबैको भावानालाई समेटेर प्रदेशको राजधानी र स्थान तोक्ने छ–मुख्यमन्त्री राईले भने ।
उनले प्रदेशको नाम राख्दा अहिले चर्चामा सबै भन्दा बढी आईरहेको नामहरु किराँत, कोशी, सगरमाथा, विराट प्रदेश र लिम्वुवान–किराँत–खम्वुवान प्रदेश मध्ये कुनै एक नाम अवश्यक हुनेछ ।
फरक एक प्रसंङ्गमा पत्रकारहरुको प्रश्नको जवाफदिदै मुख्यमन्त्री राईले थपे “प्रदेश सरकारले राजधानीको नामाङ्गकन र सिमाङ्गकन जतिखेर पनि टुङ्गयाउन सक्ने अवस्थामा छ।”
तर उनले किन त्यसो गर्ने अनि हत्तार र हचुवाको भरमा नभएर सबैलाई समेटेर कानुनी र बहुमत भन्दापनि सर्वसम्वत रुपमा सहमती जुटाउने पक्षमा प्रदेश सरकार रहेको स्पष्ट पारेका छन् ।
मुख्यमन्त्री राईले अब ठिक बेलाभएको छ, संरचनाहरुको टुङ्गो लाग्ने कार्य शुरु भयो, औपचारिक छलफल अघि बढेको छ चाँडै नामाङ्गकन र राजधानीको टुङ्गो लाग्छ ।
उनले बहुमत छ भनेर फटाफट नजाने, २ वटा विषय सर्वपक्षिय ढंगले सबैलाई सम्वोधन गरेर टुङ्गयाउने बताएका छन् । अल्पमत र वहुमतमालाग्यौं भने तुसारापात र अवरोध हुन्छ, त्यसो हुननदिन सर्वसम्वतलाई आधार बनाएर जाने बताए ।
मुख्यमन्त्रि राईलाई प्रदेश सरकार र पार्टी भित्रभित्रै प्रदेशको नामाङ्गकन र सिमाङ्गकनको विषयमा टुङ्गो लागेको छ कि भन्ने संचारकर्मीहरुको जिज्ञासामा “त्यस्तो कुनै सहमती भएको छैन् ।” उनले भने ।
मुख्यमन्त्रि राईले योजनावद्ध विकासको अवधारणा अनरुप बृहतविराट क्षेत्रको अवधारणा पनि प्रदेश सरकारले अघि सारेको सो अवसरमा खुलासा गरेका छन् ।
पत्रकार सम्मेलनमा प्रदेश सांसद निरन राई, इन्द्रमणी पराजुली, कुसुमकुमारी श्रेष्ठ, पार्टी नेतादुर्गा लिंङ्गखा, नैन विश्वकर्मा, शोविस चेम्जोङ्ग, चौतारीका सन्तोष रुचाललगायतको उपस्थिति रहेको थियो ।