सिरहा/ सिरहाको बल्टिया गाँउबाट अबैध साल जातका काठ डिभिजन वन कार्यालय सिरहाले बरामद गरेको छ । कर्जन्हा नगरपालिका १ बल्टियाबाट बुधबार राती करिब १२ बजेको समयमा चुरे क्षेत्रको राष्टिूय वनबाट अबैध रुपमा ल्याए रहेको साल जातको चरान काठ ३.८१ कय्ू.फिट काठ बरामद गरेको डिभिजन वन कार्यालय सिरहाले जनाएको छ । डिभिजन वन कार्यालय सिरहाका सहायक वन अधिकृत अमरेन्द्र कुमार यादबको कमाण्डमा खटिएको गस्ती टोली उक्त परिमाणको काठ बरामद गरेको डिविजनल वन अधिकृत सुनिलकुमार सिंहले बाताए । सहायक वन अधिकृतका अनुसार खुल्ला सिमानाको कारण अबैध  रुपमा चोरी तस्करी भैरहेको बातए । वन कर्मचारीहरुलाई देखेर बोक्ने मानिस फरार भएको जमदार लखन झाले बताए । झाका अनुसार विशेष सुराकको अधारमा गस्ती गर्दै जाँदा उक्त परिमाणको साल जातको काठ बरामद भएको बताए । पक्राउ परेका काठ माथि आवश्यक अनुसंधान भईरहेको सहायक वन अधिकृत अमरेन्द्र प्रसाद यादबले बातए ।