[caption id="attachment_95546" align="aligncenter" width="640"]
फायलफोटो[/caption]
इनरुवा / नेपाल झाँगड (उराँव) कोड्रेम सुधारा कार्य गुठियारा आ केन्द्रीय कार्य समिति सुनसरीको आयोजनामा राष्ट्रिय करम पूजा तथा सांस्कृति कार्यक्रम आयोजना हुने भएको छ ।
केन्द्रीय समितिले इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराएको हो । अध्यक्ष ध्यानी उराँवका अनुसार करम पूजाको अवसरमा असोज १२ र १३ गते कोशी गाउँपालिकाको लौकहीमा कार्यक्रम आयोजना गरिने छ ।
कार्यक्रममा काङ्ग्रेसका नेता विजयकुमार गच्छदार र ज्ञानेन्द्र कार्कीसहित आदिवासी जनजाति नेताहरूको उपस्थिति रहने बताइएको छ । कार्यक्रमका लागि तयारी पूरा भएको बताउँदै समितिका संस्थापक अध्यक्ष छेविलाल उराँवले राष्ट्रिय कार्यक्रमलाई भव्य रूपले मनाउन विभिन्न समितिहरू निर्माणको चरणमा जुटेको बताए ।
करम पूजाको अवसरमा इनरुवासहितका क्षेत्रमा विभिन्न उराँव जातिसँग जोडिएका संस्थाले आफ्नै तवरले कार्यक्रम गरी मनाएका छन् ।
यद्यपि जातीय रूपमा आधिकारिक संस्था कोड्रेम भएकाले आउँदो १२ र १३ गते आयोजना हुन लागेको करम पूजा तथा सांस्कृतिक कार्यक्रममा उपस्थितिका लागि उराँव समुदायसहित सर्वसाधारणमा समितिका पूर्व महासचिव बाबुरार उराँवले आग्रह गरेका छन् ।