पानवारी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चार देशका दन्त चिकित्सकहरु भेला भएका छन् । नेपाल सहित भारत, भुटान र बंगलादेशका ४ सय दन्तचिकित्सकहरु नेपाल डेन्टल एसोसियसनको १९ औं बार्षिक सम्मेलनमा सहभागी हुन प्रतिष्ठानमा भेला भएका हुन् । प्रतिष्ठानको अडिटोरियहलमा शुक्रबारदेखी सुरु भएको सम्मेलनमा दन्तक्षेत्रमा भएका अनुसन्धान तथा नयाँ उपचार पद्धतीसगै नयाँ प्रविधिको बारेमा एक आपसको ज्ञान बाड्ने उदेश्यले सम्मेलनको आयोजना भएको नेपाल डेन्टल एशोसिएशन सुनसरीका अध्यक्ष तथा प्रतिष्ठानका सहप्रबत्ता अशोक ऐरले जानकारी दिएका छन् । सम्मेलनमा दन्त चिकित्सा विज्ञानको अनुसन्धान भएको २ सय ७९ कार्यपत्र पेस हुने र त्यसमाथि छफलफ समेत हुने उनले बताए । शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन पूर्व स्वास्थ्य सचिव तथा वीर अस्पतालका पूर्व डिन प्रा.डा. प्रविन मिश्रले गरेका थिए । उद्घाटनसँगै डाक्टर मिश्रले नेपालको स्वास्थ्य अवस्था र ग्रामिण क्षेत्रमा स्वास्थ्यको पहुँचको बारेमा आफ्नो प्रस्तुती समेत प्रस्तुत गरेका थिए । उनले प्रतिष्ठान जस्तो गरिमामय स्वास्थ्य संस्थाले आम गरिव जनतासम्म पुगेर स्वास्थ्य सेवा दिनु पर्नेमा जोड समेत दिए । सम्मेलनको उद्घाट सत्रमा प्रतिष्ठानका रेक्टर प्राध्यापक डाक्टर गुरु खनाल, रजिष्टार तुलवहादुर श्रेष्ठ लगाएतले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए । सम्मेनलमा विभिन्न ओैषधी कम्पनि तथा उपचारमा आवश्यक औजारहरुको प्रदर्शनी समेत गरिएको थियो ।