मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँ पालिका मा रहेको तिन वटा बिधालय तिन दिन देखि बन्द छन् । असोज ९ गतेदेखि १२ गतेसम्म का लागि ति बिधालयहरु बन्द गरिएको छ ।

शिक्षक सेवा आयोग को परीक्षा (खुल्ला प्रतिस्प्रधा) का लागि शिक्षक हरु विभिन्न ठाउँ जानुपर्ने भए पछि बिधालय नै बन्द गरेर परिक्षामा गएका छन । मिक्लाजुङ टाँडि स्रोत केन्द्र मा रहेका ३८ बटा बिधालयहरु मध्ये बाट देवकोटा मा बि मिक्लाजुङ ८ ले तिन दिन , टाँडी माबि मिक्लाजुङ १ ले दुई दिन, मानोहर जनता माबि मिक्लाजुङ ७ ले एक दिन र अन्य बाकि बिद्यालयहरुले दिन्दिनै र दिन बिराएर एक एक दिन बिद्यालय बन्द गरेका हुन ।

प्रत्येक बिद्यालय बाट शिक्षकहरु परीक दिन जाने भए पछि स्रोत केन्द्रमा भएका प्रधानध्यापकहरुको बैठक बसी बैठकको निर्णय अनुसार ५ दिने स्थानिय बिदामा कट्टा हुने गरी बिद्यालय ब्यबस्थापन समितिको निर्णयमा बिधालय बन्द गरिएको मिक्लाजुङ शिक्षा शाखा प्रमुख कासिनाथ खनालले बताए । देवकोटा मा बि मिक्लाजुङ ८ मा मात्रै आठ जना शिक्षकहरु परीक्षार्थि भएका कारण बिद्यालय संचालन मा कठीनायि आउने भएकाले बिद्यालय ब्याबस्थापन समितिको निर्णय अनुसार बिद्यालय बन्द गरीएको प्रधानाध्यापक डिल्लीप्रसाद खतिवडाले बताए । शिक्षा ऐन मा भने बिधालय बन्द गर्न पाउने कुनै कानुन नरहेको स्पष्ट देखिन्छ ।

यता शिक्षा शाखा प्रमुख खनाल अनुसार आवस्यक परेको खण्डमा बिधालय ले पाउने बर्खे बिदा बाट कट्टा हुने गरि बडिमा ५ दिन अवस्यकता हेरी बिधालय बन्द हुन सक्ने बताए । दुई चार जान शिक्षक का लागि बिधालय नै पुर्ण रुपमा बन्द गर्नु कति सम्म गौर जिम्मेवारी हो ? चासोको बिषय बनेको छ ।