उर्लाबारी/ मैथिली समाज सेवा समिति उर्लाबारीमा भारतीय नागरिकहरु हाबी भएको भन्दै पूर्व पदाधिकारीहरुले आरोप लगाएका छन् ।
बिहीबार उर्लाबारीमा पत्रकार सम्मेलन गरी समितिका पूर्व उपाध्यक्ष समते रहेका संन्तोष कर्णले भारतीय नागरिक हाबी भएका कारण आफूलाई अध्यक्ष पदमा षडयन्त्र गरी हराएको आरोप लगाएका छन ।
पत्रकार संम्मेलनमा कर्ण सहित समाजकी नेतृ हेमन्ती ठाकूरले पनि नेपाली नागरिकता भएकाहरुलाई मात्र सदस्यता प्रदान गर्ने समाजको विधानलाई भए पनि आफुहरुलाई हराउन भारतीय नागरिक घुसपैठ गराएको आरोप लगाएदै नागरिकता नभएकाहरुलाई मैथिली समाजको सदस्यता प्रदान गर्नु उचित नभएको बताउदै उच्च स्तरिय न्यायिक समिति गठन गरी प्रतिवेदन नआए सम्म समितिलाई मान्यता नदिने उदघोष समेत गरेका छन ।
सो समाजको शनिबार भएको चौँथो साधारण सभामा संन्तोष कर्ण पवन चौधरीसँग अध्यक्ष पदमा २ सय ५ मतको फरकले पराजीत भए पछि यो स्थितको सृजना भएको समाजका अग्रजहरुले बताएका छन ।
समितिका उपाध्यक्ष बेचन यादवले समाजको सदस्य हुनका लागि संस्थाको बिधानमा नेपाली र भारती नागरिकको विषय उल्लेख नगरीएको बताएका छन ।
कर्ण सहितको सो समुहले बिहीबार नै उर्लाबारी नगरपालीकाको न्यायिक समितिमा चौधो साधारणसभा रद्ध गरीपाउ“ पनि निवेदन गरेको उपमेयर तथा न्यायिक समितिका संयोजक लक्ष्मीदेवी भण्डारीले बताएकी छिन् । साथै उपमेयर भण्डारीले प्राप्त निवेदनका विषयमा कार्यक्षेत्र तथा अधिकारका विषयमा आवश्यक छानविन गरी निर्णय गरीने बताएकी छन ।