[caption id="attachment_95588" align="aligncenter" width="1000"] सांकेतिक तस्विर[/caption]

धरान/धरानमा फेरि अर्को साहसिक खेल ‘फ्लाइङ फक्स एड्भेञ्चर’ को शुरुवात भएको छ ।

यसअघि धरानमा प्याराग्लाइडिङ, र्याफटिङ र साइक्लिङ जस्ता साहसिक खेल शुरुवात भइसकेको छ । तीनदिनसम्म यो खेल रहने कार्यक्रम व्यवस्थापक अमितप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार यो खेल काठमाडौं, चितवनलगायतमा छ । पूर्वमा पहिलो पटक सुरुवात गरिएको फ्लाइङ फक्समा झण्डै सयको हाराहारीमा मानिसहरुले आनन्द लिएका छन् ।

फ्लाइङ फक्सको औपचारिक उद्घाटन पर्यटन मन्त्री जगदिस कुसियतले गरेका छन् ।

एकसय ५० मिटर लम्बाइको फ्लाइङ फक्समा एकपटकमा एकजनाले खेल्न सक्ने छन् । धरान-२० सर्दुजलाधार क्षेत्रमा राखिएको यो साहसिक खेलमा युवायुवतीले मनोरञ्जन लिएका छन् ।

धरान-१३ निवासी आचार्यले आफ्नै गाउँघरमा सुविधा दिने सोचले फ्लाइङ फक्स खेल ल्याएको बताए ।

उनले महिनामा तीनपल्ट ल्याउने योजना रहेको सुनाए ।