[caption id="attachment_95607" align="alignnone" width="768"] फायलफाेटाे[/caption]

उदयपुर/दशैँका लागि माटो जोहो गर्ने भन्दै गएकी महिला ढिस्कोले पुरीएर मृत्यु भएको छ । रौतामाई गाउपालिका ६ लेखटोलमा ढिस्कोले पुरीएर शुक्रबार महिलाको घटना स्थलमै मृत्यु भएको हो ।

रौतामार्ई गापा ६ सिम्ले निबासी ५९ वर्षीय मधुमाया रायालाई ढिस्कोले पुरिदा मृत्यु भएको स्थानिय विद्यालयका प्रध्यानध्यापक देविन्द्र बहादुर रायमाझीले बताए ।।

माटो खन्ने क्रममा ढिस्कोले ४ जनालाई पुरकोमा रायाको घटना स्थलमै मृत्यु भएको थियो । भने तीन जना घाईते वस्थामा उद्दार गरि उपचारका लागि गाईघाट पठाईएको रायमाझीले बताए ।

माटो खन्दै गर्दा एक्कासी ढिस्को भत्किए पछि उनिहरुलाई खाल्टा भित्रै पुरेको रायमाझीले बताए ।