उदयपुर/उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ र ९ सिमाना त्रियुगा नदिको बगरमा एक व्यक्तिको शव फेला परेको छ ।
त्रिनपा ९ गैरुनका ४० वर्षीय महमद वकिलको शव बगरमा फेला परेको हो । घटना स्थलमा स ८ प ३७३५ नम्बरको पल्सर मोटरसाईकल सहित उनको शव फेला गरेको हो ।
मोटरसाईकलको स्टेण्ट लगाएर राखेको र शव घोप्टो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । नदीको बालुवा चाल्न गएका मजदुरहरुले शुक्रबार विहान बगरमा लाश देखेर प्रहरीलाई खबर गरेका थिए ।
बगरमा शव फेला पर्नुले हत्या भएको आशंका गरिएको छ । भने प्रहरीले उक्त घटना गएराती घटेको हुन सक्ने जनाएको छ ।
वकिलले सुमो गाडी चलाएर जिविकोपार्जन गर्दै आएका थिए । पोष्टमार्टमका लागि शव जिल्ला आस्पताल उदयपुर लगिएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुख प्रहरी उपरिक्षक चन्द्रदेव राईले बताए ।