अहिलेको नयाँ मुलुकी अपराध संहिताले व्यवस्था गरेको सजायका विषयमा सर्वसाधारणलाई जानकारी गराउने अभियान इलाका प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीहरुले गरिरहेका छन् ।  अहिलेको अपराध संहिताले साधारण विष्फोटक पदार्थको विक्रि तथा आयात गर्नेलाई पनि ठूलो सजाय हुने, तास खेल्नेखेलाउनलाई, लंगुरबुर्जा खेल्ने खेलाउनेलाई ठूलो सजाय हुने भएकोले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।