धरान/धरानमा लागुऔषध प्रयोगकर्ता तथा कारोबारी धेरै भएकोले प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर काउन्सिलिङ गर्ने अभियान थालेको छ ।

इलाका प्रहरी कार्यालय धरानले लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर उनीहरुको व्यक्तिगत विवरण राख्ने र उनीहरुलाई सचेतनाको लागी साप्ताहीक रुपमा ४ हप्तासम्म २ घण्टा ओरेन्टेशन क्लास दिने गरिरहेको छ ।

प्रहरीले ४ दिनमा ७७ जनालाई नियन्त्रणमा लिइसकेको बताएको छ ।

उनीहरुलाई सादा पोशाकका प्रहरीले राती सर्च गरी नियन्त्रणमा लिने गरेको र विहान अभिभावकको उपस्थितिमा ओरेन्टेशन क्लास दिएर छाड्ने गरेको डिएसपी तिम्सिनाले बताए ।

उनका अनुसार यो कार्यक्रम दशै अगाडीसम्म निरन्तर चलिरहने छ ।