भद्रपुर। झापामा पहिलो पटक अनलाइन मार्फत एकल नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ । ओरियन मार्ट झापाको आयोजना तथा एम जे नृत्य स्टुडियाको सहआयोजनामा शुरु गरिएको जिल्ला स्तरीय नृत्य शनिबार सम्पन्न भएको हो ।

प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुने क्रमश अभिशेखर खतिवडा,रेमन गुरुङ् र रमान जोगीलाइ ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, ट्रफि र प्रमाण पत्र वितरण गरिएको थियो । अनलाइनमार्फत सञ्चालनमा ल्याइएको नृत्यमा २९ जनाले सहभागी जनाएका थिए । भदौ १ देखि मसान्तसम्म सञ्चालनमा आएको नृत्य प्रतियोगितामा बालबालिका देखि युवा युवतीले समेत सहभागिता जनाएको निर्णयकर्ता सुरज मगरले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला नृत्य कलाकार सङ्घका अध्यक्ष एलसी श्रेष्ठ, एमरेल्ड एकाडेमीका प्रधानाध्यापक इन्द्र खतिवडाले नृत्य गर्ने मानिसलाइ समाजमा हेर्ने दृष्किोण पछिल्लो समय सकरात्मक हुदै आएको बताए । अध्ययनसँगै अन्य विधामा ज्ञान हासिल गर्नु अवको आवश्यक्ता भएको जनाएका थिए ।