पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको पहिलो जाती धिमालको व्यवस्थित धार्मिकस्थल निर्माण गर्ने योजना सहित वडा नम्वर १० स्थित ग्रामथानस्थलमा गेट निर्माणका लागि शिलान्यास भएको छ ।
नगरपालिका प्रमुख दिलिपकुमार राईले शनिवार एक कार्यक्रमकाबीच भूटानी शरणार्थी शिविर पश्चिममा रहेको ग्रामथास्थलमा पक्की गेटको शिलान्यास गरेका हुन् । शिलान्यासपछि बोल्दै नगर प्रमुख राईले नगरको पहिलो जातीका रुपमा रहेको धिमाल जातिका नगरका ग्रामथानस्थलहरुलाई व्यवस्थित गर्ने काममा नगरपालिकाले सघाउने जनाए । शिविर क्षेत्रमा प्रदेशकै महत्वको जातीय संग्रहालय निर्माण हुँदै गरेको अवस्थामा सोहीस्थलमा पर्ने धिमाल धार्मिकस्थललाई पनि संग्रहालयका रुपमा विकास गर्ने अवसर मिल्ने उल्लेख गरे ।
गुठीका रुपमा रहेको त्यहाँको ४ विगाहा क्षेत्रफलमा धिमाल जातिको व्यवस्थित धार्मिकस्थल निर्माण गर्ने योजना बनाइएको समिति अध्यक्ष राजेन्द्र धिमालले जनाए । कार्यक्रममा, गायक सञ्जीव धिमाल, गायिका सुमित्रा धिमाल र भूपाल धिमालले धिमाल भाषाका संस्कृति र पहिचान समेटिएका २ गीत प्रस्तुत गरे ।
द्द ब्ततबअजmभलतक