धनकुटा । धनकुटा जिल्लाको पाख्रीवास, छथरजोरपाटी र धनकुटा नगरपालिकाको संगम स्थल गुराँसेमा वौद्ध विहार निर्माणको शुभारम्भ गर्न सनिवार वौद्ध परम्परा अनुसार एक औपचारिक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ । नेपाल मगर वौद्ध सेवा समाज धनकुटाको आयोजना र पट्याकसार वौद्ध विहार विकास समिति धनकुटा नगरपालिका वडा नं.३ गुराँसेडाँडाको संयुक्त आयोजनामा पट्याकसार वौद्ध विहारको शिलान्यास गरिएको हो । वौद्ध विहारको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि भक्तपुर मुनी विहारका भिक्षु एवं भन्तेगुरु अर्जुन राना मगर र विशिष्ट अतिथि पाख्रीवास नगरपालिकाका प्रमुख बिर्ष वहादुर राईले गरेका छन् । सो अवसरमा भन्ते गुरु अमर ठाडा मगर, नेपाल मगर वौद्ध सेवा समाजका केन्द्रिय अध्यक्ष देउवहादुर रानाम गर, सह–अध्यक्ष वि.वि. रखाल, उपाध्यक्ष शान्त समाल र केन्द्रिय उप–महासचिव भिमवहादुर गुर्वाछानेको पनि सहभागिता रहेको थियो । वौद्ध विहार शिलान्यास पछि भगवान वुद्धको दर्शन र वुद्धधर्मको वारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । अद्यतरक्रिया कार्यक्रममा धनकुटा, तेह्रथुम, सुनसरी, भोजपुर र संखुवासभाका मगर समुदायको उल्लेख्य सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रमको सहजीकरण वौद्ध भिक्षु भन्ते गुरु अर्जुन राना मगरले गरेका थिए । सोही अवसरमा वापा÷मापा मगर समुदायको धार्मिक कार्य गर्ने लामा पुजारीहरुको लागी तिन दिने प्रशिक्षण कार्यक्रम समेत आयोजना गरिएको छ । तिन दिने प्रशिक्षण कार्यक्रममा नेपाल मगर वौद्ध सेवा समाजका केन्द्रिय अध्यक्ष देउवहादुर राना मगर, सह–अध्यक्ष वि.वि. रखाल, उपाध्यक्ष शान्त समाल, निमवहादुर राना मगर र केन्द्रिय उप–महासचिव भिमवहादुर गुर्वाछानेले सहजकिरण गर्ने कार्यक्रमका अध्यक्ष इन्द्र लुङ्गेली मगरले वताएका छन् । तिन दिनसम्म संचालन हुने वापा÷मापा तालिममा मगर समुदायका दाजुभाई तथा दिदिवहिनीहरुको उल्लेख्य सहभागिता रहने पनि अध्यक्ष लुङ्गेलीले वताएका छन् । प्रशिक्षण कार्यक्रमको उद्धघाटन सत्रमा नेपाल मगर वौद्ध सेवा समाजका केन्द्रिय अध्यक्ष देउवहादुर राना मगर, सह–अध्यक्ष वि.वि. रखाल, पाख्रीवास नगरपालिकाका प्रमुख विर्ष वहादुर राई, नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, नेपाल मगर संघ धनकुटाका अध्यक्ष जेवी घले मगर, नेपाल मगर संघ धनकुटाका पुर्व अध्यक्ष प्रेम वहादुर दर्लामी मगर लगायतशुभकामना मन्तव्य व्यक्त गरेका थिए ।