पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नगरकार्य समिति पथरीशनिश्चरे मोरङले आफ्नो प्रथम नगर अधिबेशन सम्पन्न गरेको छ । शनिबार पथरीमा सम्पन्न भएको प्रथम नगर अधिबेसनमा नगर भित्रको विद्यालयबाट एस.ई.ई. परीक्षामा उतकृष्ट अंक ल्याउने ८ जनालाई सम्मान पत्रले सम्मान गरेका छन् । एभरेष्ट स्कुलबाट २०७२ सालमा जिपिए ३.८० ल्याउने लोचन मिश्र,बाल्मीकी स्कुलबाट जिपिए ३.८० ल्याउने नम्रता दाहाल, २०७३ सालमा एभरेष्ट स्कुलबाट जिपिए ३.८० ल्याउने दिनेश खनाल,मोरङ मेरिगोल्ड स्कुलबाट जिपिए ३.८० ल्याउने उत्सव खरेल,बाल्मीकी स्कुलबाट जिपिए ३.८० ल्याउने आयुस श्रेष्ठ र रेड स्टार स्कुलबाट जिपिए ३.८० ल्याउने मनिस राई रहेका छन् । त्यसैगरी २०७४ सालमा एभरेष्ट स्कुलबाट जिपिए ४.०० ल्याउने समिता रिजाल र आर्दश न्यौपाने रहेका छन् । त्यसैगरी कार्यक्रममा शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुरयाएको भन्दै पथरीबाट प्रकाशित शैक्षिक संसार साप्ताहिकका प्रकाशक केशव निरौला र शिक्षक भुवनेश्वर पोख्रेल पनि दोसल्ला र सम्मान पत्रले सम्मानित भएका थिए । कार्यक्रममा न्यू प्यागोडा स्कुल,अन्नपूर्ण स्कुल, बाल्मीकी स्कुल र भुपु सैनिक स्कुलबाट सामूहिक नृत्यले मनोरञ्जन दिएका थिए । पहिलो सत्र कार्यक्रममा प्रमुख अतिथि नगरपालिका प्रमुख दिलिप कुमार राई, विशेष अतिथि प्याव्सन १ नम्बर प्रदेश सल्लाकार समितिका सदस्य लेखनाथ भट्टराई,वडा नम्बर ७ का वडाध्यक्ष कपिलमणी ढकाल, पर्शु मिश्रले मन्तव्य राखेका थिए भने नगरपालिकाका उपप्रमुख यामुना बिष्ट, वडा नम्बर ६ का वडाध्यक्ष जय तामाङ,टिका दंगाल लयाएत अतिथि रहेका थिए । कार्यक्रममा संगठनको कार्ययोजना तथा प्रतिवेदन प्याब्सन नगर अध्यक्ष उपेन्द्र कडेलले प्रस्तुत गरेका थिए । त्यसैगरी सांगठनिक परिचय तथा संस्थागत विद्यालयको अवधारणा नोबल किशोर खनालले प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य शान्तिदेवी राईले गरेका थिए । कार्यक्रम संचालन सुरेन्द्र लिम्बुले गरेका थिए भने कार्यक्रमको अध्यक्षता उपेन्द्र कडेलले गरेका थिए ।