पानवारी । चाडवाडमा हुने विभिन्न अपराधिक क्रियाकलापलाई निरुत्साहित गर्ने उदेश्यले नेपाल प्रहरी नागरिकलाई सचेत गराउने अभियानमा लागेको छ । इलाका प्रहरी कार्यालय धरानले चाडपर्वका बेलामा हुने विभिन्न अपराधिक क्रियाकलाप रोक्नका लागी सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने, दुर्घटना न्यूनिकरणका लागी विशेष चेकिङ अभियान, धरानका विभिन्न सडकमा राखिएका तथा बैक, होटल र व्यपारीक प्रतिष्ठानमा भएका सिसि टिभिलाई चुस्त राख्ने, प्राइभेट सेक्युरिटी गार्डलाई सुरक्षाका विषयमा ओरेन्टेसन क्लास दिने, होटलमा बसेर अपराध गर्नेहरु बढेकोले होटलमा बस्नेको रेकर्ड राख्न छुट्टै रजिस्टार बनाएर होटललाई दिने, धरानलाई ४ ब्लकमा छुट्याएर विशेष सुरक्षा योजना बनाउने लगायतका काम गरिरहेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाका अनुसार प्रदेश प्रहरी कार्यालय विराटनगरले समेत चाडपर्वको समयमा ५० दिने सुरक्षा योजना बनाएर पठाएको बताए । उनका अनुसार प्रदेश प्रहरी कार्यालयले मठमन्दिरको सरक्षा, सडक सुशासन तथा दुर्घटना न्यूनिकरण, पटकको आयात तथा प्रयोगमा रोक, जुवातास खेल्नेलाई निरुत्साहित गर्ने, बैंक तथा वित्तिय संस्थाको सुक्षा, तस्करी नियन्त्रण, कालोबजार नियन्त्रण तथा अनुगमन, देउसी भैलोमा हुने झगडा लगायतलाई नियन्त्रण गर्न भनेर योजना बनाएर सर्कुलर आएको छ । डिएसपी तिम्सिनाले भने शान्ति सुरक्षा प्रदान गर्न धरानलाई ४ वटा ब्लकमा छुट्याएर सुरक्षा योजना बनाएको बताए । उनका अनुसार धरानको वडा नं. ४,५, ६ र १५ नं. लाई एउटा ब्लक, कोशि राजमार्ग पूर्व अर्काे ब्लक, त्यसै गरी कोशि राजमार्ग पश्चिम वडा आचार्य लाइन दक्षिण एक र कोशी राजमार्ग पश्चिम आचार्य लाइन उत्तर अर्काे गरी ४ वटा ब्लकमा छुट्याएर प्रहरी परिचालन गर्ने बताए । इलाका प्रहरी कार्यालय धरानको मातहतमा पानवारी प्रहरी चौकी, वडा प्रहरी कार्यालय, रेलवे प्रहरी चौकी, लगायत विष्णुपादुका, विजयपुर, अमरहाट, नयाँ बसपार्क, तीनकुने, बरगाछी, श्यामचोक, घोपा, देउरालीमा अस्थायी प्रहरी चौकीहरु छन् । त्यस्तै गरी पत्रङबारीमा समेत छिट्टै अस्थायी प्रहरी चौकी राख्ने तयारी भइसकेको डिएसपी तिम्सिनाले बताए ।
लागुऔषध प्रयोगकर्ता नियन्त्रणमा धरानमा लागुऔषध प्रयोगकर्ता तथा कारोबारी धेरै भएकोले प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर काउन्सिलिङ गर्ने अभियान थालेको छ । इलाका प्रहरी कार्यालय धरानले लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर उनीहरुको व्यक्तिगत विवरण राख्ने र उनीहरुलाई सचेतनाको लागी साप्ताहीक रुपमा ४ हप्तासम्म २ घण्टा ओरेन्टेशन क्लास दिने गरिरहेको छ । प्रहरीले ४ दिनमा ७७ जनालाई नियन्त्रणमा लिइसकेको बताएको छ । उनीहरुलाई सादा पोशाकका प्रहरीले राती सर्च गरी नियन्त्रणमा लिने गरेको र विहान अभिभावकको उपस्थितिमा ओरेन्टेशन क्लास दिएर छाड्ने गरेको डिएसपी तिम्सिनाले बताए । उनका अनुसार यो कार्यक्रम दशै अगाडीसम्म निरन्तर चलिरहने छ ।
अपराध संहिताले तोकेको सजायबारे सर्वसाधारणलाई जानकारी अहिलेको नयाँ मुलुकी अपराध संहिताले व्यवस्था गरेको सजायका विषयमा सर्वसाधारणलाई जानकारी गराउने अभियान इलाका प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीहरुले गरिरहेका छन् । अहिलेको अपराध संहिताले साधारण विष्फोटक पदार्थको विक्रि तथा आयात गर्नेलाई पनि ठूलो सजाय हुने, तास खेल्नेखेलाउनलाई, लंगुरबुर्जा खेल्ने खेलाउनेलाई ठूलो सजाय हुने भएकोले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । फोटो छ ।