भद्रपुर । तास खेलिरहेको अवस्थामा १ लाख ३९हजार ७ सय७० रुपैयाँ नगदसहित नौ जनालाइ प्रहरीले पक्राउ गरेको छ । झापा भद्रपुर नगरपालिका– १० मा सञ्चालित खरखरे सेकुवा कर्नरमा तास खेली रहेको भन्ने बिशेष सूचनाको आधारमा शुक्रबार गएको प्रहरी टोलीले तास खेलिरहेका नौजना मानिसलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । फिस कर्नर प्रहरी कार्यालयबाट एककिलो मिटरको दुरीमा रहेको छ । पक्राउ पर्नेमा भद्रपुर – ७ का ५७ वर्षिय शिव चौधरी,सोही वडाका ५७ वर्षिय भुवन लगट श्रेष्ठ , र ४० वर्षिय देवा प्रधान ,८का ५० वर्षिय प्रकाश श्रेष्ठ , २ का ४२ वर्षिय आश बहादुर तामाङ्ग , वडा नम्बर–३ का ४१ वर्षिय दिलिप सुब्बा , वडा नम्बर–१० का ३५ वर्षिय आईत साङपाङ्ग , वडा नम्बर–१० का ५१ वर्षिय जनकलाल राजबंशी र विर्तामोड नगरपालिका–४ का ४१ वर्षियलेखनाथ खत्री रहेको जिल्लाका इन्सपेक्टर कुल प्रसाद चौधरीले जनाए । खत्रीको भने भाग्ने क्रममा खुट्टामा चोट लागेको जनाइएको छ । जुवा खालबाट एकलाख उनन्चालिस हजार सात सय सत्तरी रुपैया र १ सय ३७ पत्ती तास समेत बरामद गरेको इन्सपेक्टर चौधरीले जनाए । उनिहरुलाइ प्रहरी कार्यालयमा राखि अनुसन्धान भईरहेको एसपी भिमप्रसाद ढकालले जानकारी दिए । पक्राउ परेकालाइ जुवा ऐन अन्र्तगत कारबाही हुने नियम रहेको छ । केही दिन अघि मेचीनगर स्थित धुलाबारीबाट प्रहरीले १२ जना जुवाडेसहित मोटो रकम बरामद गरेको थियो । उनिहरुले जिल्ला प्रशासन कार्यालयमा जनही दुइ हजार नगद धरौटी बुझाएर छुटेका थिए । चाडपर्व आएसगै र व्यवसायिक रुपमा झापाका मुख्य स्थान चन्द्रगढी, भद्रपुर बजार, विर्तामोड,धुलाबारी लगायतका क्षेत्रमा जुवाजन्य खेलहरु हुने गरेको स्थानीयले जनाएका छन् ।