सिरहा / सिरहा जिल्लामा सञ्चालित हरित प्रदेश अभियानअन्र्तगत लहान–३ वलानखोलास्थित सन्यासी सामुदायिक वनमा वृक्षरोपण गरिएको छ ।
प्रदेश २ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजना र डिभिजन वन कार्यालय सिरहाको संयोजकत्वमा शुक्रबार वृक्षरोपण गरिएको हो ।
प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले हरित प्रदेशको अभियानलाई अगाडि बढाउन सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।
वन क्षेत्र तथा आसपासका क्षेत्रभित्र विभिन्न जातका ६ हजार विरुवा वितरण तथा वृक्षरोपण गरिएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत राम भगत यादवले जानकारी दिए ।
प्रदेश २ लाई हरित प्रदेश बनाउने अभियानअन्र्तगत शुक्रबार ८ जिल्लामा एकै पटक वृक्षरोपण गरिएको छ ।