[caption id="attachment_84317" align="alignnone" width="800"] फायलफाेटाे[/caption]

पथरीशनिश्चरे/मोरङको पथरी शनिश्चरे-१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले कार्यसमिति र टोलका प्रतिनिधिका लागि जीवनलाई सृजनशील बनाउने तालिम सम्पन्न गरेको छ ।

महिलाहरुको बाहुल्यता रहेको उद्घोषण सहितको ४ दिने ‘सृजनशील तालिम’ मा माइन्यूट लेखन, मन्तव्य व्यक्त गर्ने तरिका, कार्यक्रमको ढाँचा सहित हरेक क्षेत्रमा जीवनलाई सृजनशील बनाउने तरिकाका बारेमा जानकारी गराइएको छ ।

सकारात्मक सोच राखेर समाज रुपान्तरणका उपायका बारेमा समेत प्रष्ट्याइएको छ । तालिममा जीवनलाई सृजनशील बनाउने उपयोगी कुराहरु प्राप्त हुँदा उत्साहित बनेका सहभागिहरुले आफ्ना प्रस्तुतिहरु अघि सारेको र आफुहरुले धेरै कुरा सिक्न पाएको समूह अध्यक्ष इश्वर चौहानले जनाए ।

पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गर्दै महिलाहरु सृजनशील वन्नु पर्नेमा जोड दिएकी थिइन् ।

शुक्रबार सम्पन्न तालिममा नगरपालिकाका सूचना संयोजक भूपेन्द्र तिम्सिनाले सहजिकरण गरेका थिए ।