भद्रपुर /सिद्धान्त बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारण सभा विहीबार चन्द्रगढीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्व तथा जिल्ला समन्वय समिति झापाका अधिकृत पङ्कज भुर्तेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आर्थिक वर्ष ०७४÷७५ मा ३८ लाख ३३ हजार ८ सय ५४ रुपैयाँ ६५ पैसा आम्दानी गरी आयकर अघिको ३ लाख ६१ हजार ६० रुपैयाँ ६५ पैसा नाफा गरेको प्रतिवेदनमा उल्लेख छ ।

गत ०६७ सालबाट शुरु गरिएको सहकारीमा हाल ८ सय ४७ जना शेयर सदस्य छन् ।

त्यसैगरी उत्कृष्ट बचततर्फ क्रमशः सुनिल साह र तुलमाया राई, ऋणीमा अमित गुप्ता र भीमकला गिरी पुरस्कृत भए । ज्येष्ठ नागरिक सम्मानबाट विष्णुमाया ताम्राकार र सफल व्यवसायीका रूपमा रेणुका सार्कीलाई सम्मान गरिएको थियो ।

संस्थाकी उपाध्यक्ष देवीमाया प्रधानले स्वागत गरेको कार्र्यक्रममा एकल महिला बचत तथा ऋण सहकारीका अध्यक्ष रेखा अधिकारी, झापा सामुदायिक बचत तथा ऋण सहकारीका अध्यक्ष विवेक पोखरेल, जिल्ला सहकारी सङ्घका सदस्य खडानन्द गुरागाईंलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव ऋषि चापागाईंले गरेका थिए ।