[caption id="attachment_66392" align="alignleft" width="595"] फायलफाेटाे[/caption]

सँगै अध्ययन गर्ने र विगत ५ वर्ष देखि अलग–अलग कोठामा एउटै घरमा बस्दै आएका सौरभका दुई साथीमाथि पनि उनीहरुले आशँका गरेका छन् ।उनले अध्ययन गरिरहेको नोवेल मेडिकल कलेज प्रति पनि आफन्तले शंका गरेका छन्।

हत्या भएको दाबी गर्दै अभियुक्तलाई यथाशिघ्र पक्राउ गर्न की बहिनी सोनु उप्रेतिले माग गरिन्। साउन १६ मा मृत फेला पारेका उप्रेतिको घाँटीमा दावी ल्यापटप चार्ज गर्ने तार बेरिएको भेटिएको थियो ।

मृतकका आफ्न्त तार बेरिएर भएको मृत्युलाई आत्महत्या मान्न नसकिने भन्दै आएका छन् ।

प्रहरीले दबावमा परेर हत्यालाई आत्माहत्या बनाउन खोजेको मृतकका फुपुका छोरा उदय सापकोटाले बताए । ‘एउटै कोठामा बसेका अन्य दुई विद्यार्थी र घर धनीलाई थाहा छ तर, उनिहरु घटनाको रहस्य खोल्न चाहादैनन ।

’सपकोटाले भने ‘प्रहरीले गहिरिएर अनुसन्धान गर्यो भने अधियुक्त पत्तालाग्छ ।’ पिडितले जिल्ला प्रहरी कार्यलय मोरङमा शुक्रबार कुबेरसिंह थापाको नाममा किटानी जाहेरी दर्ता गरेका छन्।

सैरभको हत्या भएको दावी गर्दै अभियुक्तलाई यथाशिघ्र पक्राउ  गर्न मागसहित पटक–पटक प्रदर्शन समेत भएका छन् । सैरभको रहस्यमय मृत्युको अनुसन्धान गरिरहेको मोरङ प्रहरी भने आत्माहत्या गरेको भन्ने निचोडमा पुगेको छ ।

पोष्टमार्टम रिपोर्ट र स्थलगत अध्ययनको अधारमा घटनाले आत्माहत्याको संकेत गरेको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

सुत्ने कोठामा दुई वटा ढोका छन्।सैरभले एउटा ढोका लगाए पनी अर्काे ढोका सधै खुल्लै छोड्ेने गरेका थिए । त्यहि खुल्ला ढोकाबाट अज्ञात व्यक्तीहरुको समुह प्रवेश गरेर हत्या गरेको हुन सक्ने आफन्तको दावी छ ।

त्यसरात साथिहरु कुबेर सिंह थापा र सत्रुधनयादव सँग १ बजे राती सम्म पढेका थिए ।

त्यसपछी र कुबेर एउटै कोठामा सुतेका थिए । तर बिहान उठ्दा सौरब मृत अवस्थामा थिए । सौरभका आफन्त,प्रहरी कसैलाई खबर नगरि उनलाई नोबेल अस्पताल पु¥याइएको थियो ।