भद्रपुर/संस्थाको स्थापना दिवस तथा वार्षिक साधारण सभाको अवसर पारेर विभिन्न विधामा एक दर्जनभन्दा बढीलाइ सम्मान तथा पुरस्कृत गरिएको छ ।
नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन भद्रपुर इकाइको २७ औँ स्थापना दिवस तथा १२ औँ साधारण सभाको अवसरमा उत्कृष्ठ लिखत,जेष्ठ सदस्य,प्रवेशिका परिक्षामा उच्च अङ्क ल्याउने विद्यार्थी लगायतलाइ सम्मान तथा पुरस्कृत गरिएको हो ।
इकाइले जेष्ठ सदस्यमा नरेन्द्र कुमार राई,गङ्गाराम चौहान,लिखत व्यवसायीमा मित्र निरौला, दर्तामा मुरारी न्यौपाने,रामप्रसाद सञ्जेललाइ सम्मान गरेको छ ।
त्यसैगरी ०७२ देखि ०७४ सम्मको प्रवेशिका परिक्षामा उच्च अङ्क ल्याउने लेखापढीका सन्तती मध्ये नानु आचार्य,दिक्षा बराल,आलोक भण्डारी,मनिषा कटवाल,अस्मिता खनाल,रोजी भण्डारी,वन्दना चापागाइ,रितेश भट्टराइ,स्वस्तीका दुलाल,श्रदा दाहल,अनिसा खवास,सुसान्त न्यौपाने,प्रनिता पोखरेल र एन्जीला खतिवडालाइ प्रशंसा पत्र सहित पुरस्कृत गरिएको थियो ।
इकाइले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेकोमा यो वर्ष विर्तामोड बृद्धा आश्राममा साढे २३ हजार मूलय बराबरको जिन्सी सामग्री सहयोग गरेको जनाएको छ । कार्यक्रममा अतिथीहरुलाइ मायाको चिनो समेत प्रदान गरिएको थियो ।
इकाइले शनिबार भद्रपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको कार्यक्रममा जिल्ला न्यायाधिस शान्ती प्रसाद आचार्य प्रमुख अतिथी रहेका थिए ।
संस्थाका उपाध्यक्ष निरज पोखरेलले स्वागत गरेको कार्यक्रममा मालपोत अधिकृत पदम कट्टेल,लेखापढीका केन्द्रीय सचिव पर्वत कार्की, १ नम्बर प्रदेश संयोजक पुरुषोत्तम अधिकारी ,दमक इकाइका अध्यक्ष केदारबहादुर श्रेष्ठले मन्तव्य राखेको कार्यक्रममको सञ्चालन सचिव महेन्द्र खतिवडाले गरेका थिए ।