रङ्गेली । प्रदेश १ सरकारले विराटनगर बाहिर राजधानि लैजाने तयारी गरी रहेको बेला विराटनगर बासि एकजुट भएर स–शक्त आन्दोलनको चेतावनि दिएका छन् ।विराटनगरमा रहेका ३० भन्दा बढी संस्थाका संयुक्त उपस्थितिमा आइतबार भएको भेलाले राजधानिकोलागी विराटनगर सबै भन्दा उपयुक्त स्थान भएको बताएका छन् । राजधानीकालागी आवश्यक संरचना, शिक्षा, स्वस्थ्य, विराटनगरको ऐतिहासीक पृष्टभुमी सबै पक्षबाट विराटनगर उपयुक्त भएकोले राजधानी यहि हुनु पर्ने उनीहरुको दावि छ । उक्त भेलामा नेपाली काग्रेसका प्रमुख सचेतक केदार कार्कीले राजधानिकाली आवश्यक भौतिक संरचना विराटनगरमा प्रयाप्त रहेको बताए । उनले अन्यत्र राजधानिकोलागी भौतिक संरचना निर्माणमा लाग्ने रकम पहाडी क्षेत्रको पूर्वाधार विकासमा लागाउन सकिने जिकिर गरे । उनले प्रदेश सभा भवन र मन्त्रालय सबै एकै ठाउमा हुनु पर्नेम जोड दिए । प्रसासनिक पौचबाट जनतालाई विचलीत पार्न नहुने उनको भनाइ थियो । ‘प्रसासनिक पौच र समाजीक सदभावन खलबल्याउन खोजीयो भने विराटनगर पृथकताबादीको कब्जामा जान सक्ने खतरा हुन्छ’,– उनले भने । उनले दशैको मुखमा राजा ज्ञानेन्द्रले छोरालाई युवराज बनाए जस्तो जनतामा चिन्ता थोपर्ने काम नर्गन सरकारलाई आग्रह गरे । आफुहरु सदनमा लडिरहदा तपाईहरुले सडकबाट साथ दिन विराटनगर बासिलाई उनले आग्रह गरे । उनले विराटनगटरलाई राजधानी हुन नदिन इटहरीका जग्गा कारोवारीहरुले सांसदहरुलाई प्रलोभनमा पारेको अरोप लगाए । प्रदेश सरकारले अहिले प्रदेश सभालाई इटहरीमा लैजाने तयरी गरेको कुरा बाहिर आए पछि विराटनगरमा सर्वत्र विरोध सुरु भएको छ । मन्त्रालयहरुलाई विभिन्न जिल्लामा राखे तत्कालको समाधान भए पनि कालान्तरमा जनतालाई नै सास्ति हुने विराटनगर बासि बताउछन् । भेलामा विराटनगर महानगरपालीकाकी उप–मेयार इन्दिरा कार्कीले विराटनगरलाई राजधानी बनाउन जस्तो सुकै लडाइ लडन पनि तयार रहेको बताइन। उनले भनीन‘त्यसकोलागी सेरीन पर्छ पनि तयार छु ।’ इटहरी कुनै ऐतिहासीक शहर नभएर एउटा चोक मात्र भएको बताइन । प्याब्सनका केन्द्रिय सल्लाकार टिकाराम पुरीले प्रसासनिक केन्द नै राजधानी हुने भएकोले प्रसानिक कार्यालयहरु दश तिर राखेर जनतालाई दुख दिने काम गर्न नहुने बताए । छलफल र ध्यानाकर्षणबाट मात्रै राजधानी विराटनगर तोकिने अवस्था नभएकोले सबै आन्दोलनकोलागी तयार हुनु पर्ने जिकिर गरे । राजधानीको मुख्य अंग प्रदेश सभा भएकोले त्यसलाई इटहरी लगे पछि अन्य मन्त्रालय र कार्यालय सार्न बाटो खुल्ने उनले दावि प्रस्तुत गरे । प्रदेश सभाबाट निर्णय गराएर विस्तार सार्ने गरी यो चलखेल भएकोले त्यसलाई रोक्न आन्दोलनको विकल्प नभएको जिकिर गरे । एलिट क्लबका अध्यक्ष भेषप्रसाद धमलाले औद्योगीक राजधानी विराटनगर भएकोले यसैलाई स्थाइ राजधानी बनाउनु पर्ने जिकिर गरे । उनले अहिलेका जनप्रतिनिधि सुविधा भोगी बन्दै गएको प्रति दुखव्यक्त गरे । जनप्रतिनिधिको खर्चिलो व्यवहारलाई देशको अहिलेको आर्थिक अवस्थाले थेग्न नसक्ने उनले दावि गरे ।भेलामा प्रध्यापक चन्द्र उपाध्याय,दिनेश सुवेदी,संयुक्त टोल संगठनका अध्यक्ष राजेश मास्के,अविभावक संघका अध्यक्ष खगेन्द्र भट्टराइ,दुर्गा चापागाई लगायतले स्थाइ राजधानी विराटनगर नै बना उनु पर्नेमा जोड दिएका थिए ।