रङ्गेली । स्थाइ राजधानी तोक्ने नाममा प्रदेश १ सरकारले जनतालाई आतंकीत बनाएको प्रदेश सांसदहरुले आरोप लगाएका छन् । प्रदेश सभाको आइतबार बसेको बैठकको शुन्य समयमा बोल्दै नेपाली काग्रेसका प्रमुख सचेतक सांसद केदार कार्कीले राजधानी तोक्ने विषयमा प्रदेश सरकारले जनतालाई आतकित बनाएको आरोप लागाए । उनले बृहतर विराटनगरको नाममा जनतालाई छारो हाल्ने काम भएको बताए । उनले बरु १४ वटै जिल्लामा मन्त्रालय राख्नु सरकारलाई व्यग्या गरे । यत्रो समय सम्म मौन बस्ने अनि दशैको मुखमा राजा ज्ञानेन्द्रले छोरा पारसलाई युवराज घोषण गरे जस्तो झुक्याएर राजधानी चोक्ने खेल भएको आरोप लागाए । दुइ तिहाइको दम्भलाई स्विकार्ने भन्दै उनले त्यसको आडमा मनपरि गर्न नपाइने बताए ।उनले घुमाउरो पारामा ठूलो हात्तीलाई सानो कमीलाले सुडमा टोक्यो भने के हुन्छ भन्दै सरकारलाई चेतावनी दिए । उनले कुन विधेकले व्यवस्था गरेको थियो र प्रदेश सभालाई समेत थाहानदि कृर्षी सहितका विभिन्न कार्यालयहरु खोल्यो भन्दै सरकार सँग जवाफ माग गरे । त्यसैगरी नेपाली काग्रेसका सचेतक सुर्यमा राज राइले राजधनीको विषयले प्रदेश १ मा ठूलो आतंक मच्चिएको बताए । उनले विकेन्द्रिकरणको नाममा नियम विपरित मन्त्रालय दशतिर खोल्ने प्रयास भए नेपाली काग्रेस चुपलागेर नबस्ने जिकिर गरे । आफ्नो राजनैतिक स्वार्थ पुर्ति गर्न जतामन लाग्यो त्यतै मन्त्रालय राख्ने कुरा मान्य नहुने बताए । उनले राधानी जाहा राखे पनि प्रदेश सभा र मन्त्रालय एकै ठाउमा हुनु पर्ने जिकिर गरे । सेवाग्राहीलाई सहज र सुलभ रुपमा सेवा पाउने व्यवस्था हुनु पर्नेमा उनको जोड थियो । संहिता अनुसार कारवाहि र क्षति पुर्तिको माग असोज ११ गते विराट नर्सिङ होमको लापरवाहिको कारण सुनसरीको इनरुवा नगरपालीका १ कि स्मिता श्रेष्ठको मृत्यु भएको थियो । श्रेष्ठको मृत्युको कारण बारे नर्सिङ होम माथि छानविन गरी कारवाहि गर्न प्रदेश सरकार सँग सांसद ज्योती सुब्बाले माग गरिन । बैठकको शुन्य समयमा बोल्दै सांसद सुब्बाले अस्पतालको लापरवाहिको कारण श्रेष्ठको मृत्यु भएकोले संहिता अनुसार कारवाहि रपिडित परिवारलाई क्षति पुर्ति उपलब्ध गराउन सरकार सँग माग गरीन । त्यसैगरी सांसद राधाथापाले विराटनगर महनगरपालीका ढलको व्यवस्थापन र स्वच्छ खानेपनी व्यवस्था गराउन माग गरीन ।