भद्रपुर । आउदै गरेको चाडपर्वलाइ लक्षित गरी जिल्ला प्रहरी कार्यालय झापाले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ । मुख्य गरी दशै तिहार र छठ पर्वको समयमा झापामा हुनसक्ने घटनालाइ मध्यनजर गर्दै १ सय ६९ स्थानमा ८ सय ३७ जना प्रहरी खटाउने भएको हो । कार्यालयले आइतबारबाट लागू हुनेगरी सुरक्षा व्यवस्था सार्वजानिक गरिएको एसपी भीमप्रसाद ढकालले जनाएका छन् । चाडपर्वमा हुनसक्ने सम्भावित घटनालाइ मध्यनजर गर्दै विषेश सुरक्षा प्रदान गरिने एसपी ढकाललको भनाइ छ । ढकालले दिएको जानकारी अनुसार चार स्थानमा ७० जना रिजर्भ ,स्टाईकिङ्गमा पन्ध्र जना,२३ स्थानमा मोबाइल गाडी गस्तिमा १ सय ६१ जना, अनुगमन गस्ति हुने पाँच स्थानमा ३५ जना, ४५ ओटा मोटरसाईकल गस्तीमा ९० जना र एघार स्थानमा हुने पैदल गस्तीमा ५५जना रहेको जनाइएको छ । त्यसैगरी चेकप्वाईन्ट २५ स्थानमा एकसय २५,तीन स्थानमा गरिने लामो गस्तीमा ३०जना,छोटो गस्ती गरिने पाँच स्थानमा ३५जना, ३१ स्थानमा एकसय ५५ पिकेट, नौ स्थानमा ४५जना आकस्मिक चेकिङ्ग र सादा पोशाक ७ स्थानमा २१ जना प्रहरी परिचालन हुने गरी व्यवस्थापन गरिसकिएको एसपी ढकालको भनाइ छ । आईरहेको पर्वहरुमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा साँस्कृतिक आस्था, धनजनको सुरक्षा, उपभोक्ताको अधिकार, महिला बालबालिका एबम् जेष्ठ नागरिकहरुको अधिकारको सम्मान गर्दै जिल्ला भरिको सुरक्षा व्यवस्थालाई मजबुद बनाइएको उनको भनाइ छ । भरपर्दो विश्वसनिय एबम् सूदृढ बनाई आमनागरिकको जनजिवन सामान्य वनाउन प्रहरीको मूख्य भूमिका रहने उनले जनाए । बैङ्क तथा बित्तिय संस्थाहरुमा हुने कारोबार सुरक्षित गराइ देश तथा बिदेशबाट घर फर्कने र बिभिन्न गन्तब्य सम्म जाने यात्रुहरु समेतलाई पूर्ण सुरक्षाको प्रत्याभुती दिलाउन प्रहरी परिचालन गरिएको उनले बताए । अन्य कुनै अप्रिय घटना हुन नदिन प्रहरीको दुरुस्त र योजनाबद्ध परिचालन, अनुगमन र नियन्त्रण आवश्यक भएकोले सुरक्षा योजना बनाई लागू गरिएको उनले दाबी गरे । जुवातास नियन्त्रण, मादक पदार्थ सेवन,निर्बाध रुपमा सवारी आवगमन, बैङ्क, बित्तिय संस्थामा सादा पोशाकमा हतियार सहितका कर्मचारीबाट निगरानी, २४ सै घण्टा गाडी र मोटरसाईकल परिचालन, बैङ्क र बित्तिय क्षेत्र, पसल, प्रतिष्ठान, कार्यालयका सुरक्षा गार्डलाई तालिम र अनुगमन, बसपार्कहरुमा यात्रु सहयता कक्ष सञ्चालन गरिने जनाइएको छ । चोरी लुटपाट रोक्न सवारी साधनमा समेत सादा पोशाकमा प्रहरी परिचालन गरिएको उनले जनाए । ट्राफिक चेकिङ्गको बिस्तार, मठ मन्दिर, मेलापर्वमा बिशेष सजगता, संयुक्त चेकिङ्ग, गस्ति पट्रोलिङ्ग, समेत गरिने उनको भनाइ छ । पूर्ण रुपमा सुरक्षाको प्रत्याभुति दिलाई चाडपर्वलाई हर्षउल्लासकासाथ मनाउने वातावरण श्रृजना गर्ने प्रहरीको कतव्र्य रहेको उनको भनाइ छ । चाडपर्वलाई बिना डरत्रास भयरहित वातावरणमा मनाउने अवसर प्रदान गर्न तथा थप शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन प्रहरीसँगै नागरिकको पनि सहयोगको आवश्यक्ता रहेको उले जनाए । त्यसैगरी नेपालमा प्रतिबन्धित बारुदजन्य बिष्फोटक पदार्थ आयात तथा प्रयोगलाई नियन्त्रणमा कडाइ गरिने प्रहरीको भनाइ छ । सो समयमा तस्करी, चोरी, निकासी, पैठारीलाइ समेत ठप्प पारिने जनाइएको छ । खाद्यान्न लगायत अत्यावश्य बस्तुको कृतिम अभावसँगै कालोबजारी र मिसावट नियन्त्रणमा प्रहरीले चासो देखाउने भएको छ । अबैध मदिरा नियन्त्रण, पकेटमारी, ठगी, चोरी नियन्त्रण गरी देउसी– भैलोको समयमा हुने झगडामा पनि प्रहरीले निगरानी बढाउने जनाएको छ । आगलागी नियन्त्रण ,सरकारी कार्यालय र महत्वपुर्ण प्रतिष्ठानको सुरक्षा गर्दै मासु बिक्री वितरण हुने स्थानहरुको सुरक्षा र अनुगमन गरिने प्रहरीको योजना रहेको छ ।