धनकुटा । धनकुटा नगरपालिका वडा नं.७ स्थित् तुलसी टोलमा संचालनमा रहेको “सत्य बचन ” नामक एक धार्मिक कार्यक्रममा सहभागी हुने जो कोहीको शरिरमा लागेको सवै खाले रोग निको हुन्छ भनेपछि हिजोआज हजारौ सर्वसाधरणको भिड लाग्ने गरेको छ । कार्यक्रम हुने घर स्थानिय टेकवहादुर भण्डारीको हो । हरेक सनिवार टेकवहादुर भण्डारीको घरमा सानु÷सानु मेला वजार लागे झै सर्वसाधरणको भिड लाग्ने गरेको छ । घरको कोठमा नआट्ने भएपछि घरको आँगन र आँगन माथिको भित्तामा पाल टाँगेर हजारौंको संख्यामा सर्वसाधरण सत्य वचन सुन्न भिड लाग्ने गरेका छन् । सत्य वचनको अगुवाई टेकवहादुर भण्डारी, उनका श्रीमती अनु भण्डारीले गरिरहेको वताईएको छ । भण्डारीले धनकुटामा सवै भन्दा पहिले धनकुटाको मुलघाटमा जानुका पोख्रेल र तारा इटेलीले सत्यवचनको कार्यक्रम ल्याएको वताए । भण्डारी दम्पतीले मुलघाटमा गएर सत्य वचन सच्याइएको सु–समचार सुनेर पछि धनकुटामा अगुवाई गर्न थालेको वताएका छन् । भण्डारीले आफुले सिकेर आई सकेपछि विगत १ वर्ष देखी आफ्नै घरमा संचालनमा रहेको “सत्य वचन” नामक उक्त कार्यक्रममा सहभागी हुनेहरुको सुगर,प्रेसर, आँखा नदेख्ने, प्यारालाईस, थाइराईड, क्यान्सर, हात गोडा दुख्ने, टाउको दुख्ने, नसाको रोग, घाँटीको समश्या, पाठेघरको समश्या लगायतका सवै खाले रोग निको भएको ती रोगबाट पिडितहरुले गभाई भन्ने गरेपछि हजारौं सर्वसधारण रोग निको हुने आशामा सहभागी हुने गरेका छन् । “सत्य वचन” नाम दिइएको सो कार्यक्रममा जिल्लाको विभिन्न गाउँपालिका तथा नगरपालिका र जिल्ला बाहिरबाट पनि हजारौंको संख्यामा भिड लाग्ने गरेको अर्का सहभागी श्याम आठपहरियाले वताए । कार्यक्रममा नियमित सहभागी भएपछि धनकुटा नगरपालिका वडा नं.७ की कृष्णकुमारी मगरको बर्षौ देखीको घाँटी र पाठेघरको समश्या निको भएको वताईन । उनले आफ्नो घाँटी र पाठेघरको रोगको उपचार गर्न धरानको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको अधिकांश अस्पताल चाहार्दा पनि निको नभएको तर “सत्य वचन” मा आए पछि पिता परमेश्वरको वचनले ठिक भएको वताईन । पाठेघरको समश्या हुँदा आफु शौचालयसम्म जान नसक्ने भएको थिए तर अहिले ठिक भएको छु, कृष्ण कुमारीले ब्लाष्टलाई वताईन । त्यसैगरी सर्लाहीको लालगढ घर भएका थीरवहादुर श्रेष्ठलाई ०७४ माघ १ गते देखी प्यारालाईसले भेटेको र विभिन्न अस्पतालमा गएर लाखौं पैसा खर्च गरेर उपचार गर्दा पनि ठिक नभएपछि ४ हप्ता यता “सत्य वचन” मा आएपछि पिता परमेश्वरको वचनले प्यारालाईस ठिक भएको दावी गरेका छन् । त्यसैगरी धनकुटा न.पा.वडा नं.७ सव्जी वजारका सगरमाथा एग्रोभेटका प्रोपाईटर श्याम आठपहरियाले पनि आफुलाई विगत लामो समय देखी टाउको दुख्ने, बोल्न मन नलाग्ने विरामले भेटेको वताए । उनले विराम निकोपार्न विराटनगरमा नसा रोग विशेषज्ञलाई देखाएको शुरुमा १ महिनाको औषधी दिएको र पछि फेरी ३ महिनाको औषधी दिएको तर सवै औषधी खाँदा पनि टाउको दुखेको ठिक नभएको वताए । यता झाँक्री धामीलाई देखाउँदा पनि जंगलीलाई ५÷६ वटा कुखुराको चल्लाले पटक÷पटक मन्साउँदा पनि ठिक नभएपछि “सत्य वचन” मा आएको वताए । उनी “सत्य वचन” मा विगत ५ महिना अघि देखी आएपछि पिता परमेशवरको वचनले टाउको दुखेको ठिक भएको ब्लाष्टलाई बताए । अहिले उनको टाउको दुख्ने समश्या निको भएको वताए । त्यसो त धनकुटा–७ सिरवानी घर भएको गोकुण्डेश्वर माध्यामिक विद्यालय धनकुटाका लेखापाल विष्णु श्रेष्ठले भने आफु सुगरको रोगी भएको र सुगर निको हुन्छ भनेर सत्यवचनमा धाएको वताए । उनले सत्य वचन धाउन थालेको हप्तौं भएको छ, तर उनको सुगर कम नभएको वताए । उनले आफ्नो घरायसी समश्या भने ९० ठिक भएको वताएका छन् । यसरी सर्वसाधरणहरुलाई भेला पारेर हरेक हप्ता सनिवारको दिन टेकवहादुर भण्डारीको घरमा विहान १० वजे देखी ११ वजेसम्म विभिन्न नेपाली मौलिक लोक भाकाहरुमा भजन, ११ वजे देखी १२ वजेसम्म सवैखाले रोग निको भएको भन्दै गभाई सुनाउने, १२ वजे देखी १ वजेसम्म पिता परमेशवरको वचन अगुवाहरुले सुनाउने र १ वजे देखी २ वजेसम्म मुठी दान संकलन गरेर नयाँ सहभागीहरुलाई आँखा वन्द गरेर पिता परमेश्वर प्रमु यशुक्रिष्टको नाममा प्रार्थना÷भक्ति भाव गर्ने तरिका सिकाएर कार्यक्रम समापन हुने गरेको सत्य वचन कार्यक्रमका अगुवा भण्डारीले वताएका छन् । उनले धर्म हिन्दू नै भएको, आस्था भने पिता परमेश्वरमा, मन्दिर जाँदा हुने, रातो टिका लगाउँदा हुनmे दशैं तिहार मान्दा हुने तर गुम्वाको लामा र झाँक्रीले फुकेको जन्तर लगाउन भने नहुने वताए । कार्यक्रममा सहभागीबाट मुठी दान, यातयात खर्च र भवन निर्माणको लागी स्वइच्छाले रकम समेत संकलन हुने गरेको वताए । विगत एक वर्ष देखी संचालन भैरहेको सत्य वचनको कार्यक्रममा सहभागीहरुको कुरा सुन्दा मान्छेको शरिरमा लागेको सवैखाले रोग साँच्चिकै निको भएको भन्दा आफुलाई अचम्मै लागेको प्रदेश सांसद लिला सुब्बाले ब्लाष्टलाई वताईन । उनले सत्य वचन कार्यक्रममा सहभागी भएर प्रभुको नाममा भजन गाउँदैमा र प्रार्थना गर्दैमा क्यान्सर, सुगर, प्रेसर, प्यारालाईसेस, बोलि नआउनेको वोली आउने, ढाड दुखेको जस्ता सवै खाले रोग निको हुने दुनियाँभरको अस्पताल किन वनाउनु प¥यो होला ? भन्दै ब्लाष्टलाई प्रति प्रश्न गरे ? सोही स्थानमा कार्यक्रम संचालन हुन्छ भन्ने वारेको स्थानिय सरकार धनकुटा नगरपालिकालाई जानकारी नभएको नगरपालिका कार्यालयले जनाएको छ । वडा कार्यालयमा पनि सो कार्यक्रमको वारेमा जानकारी नभएको वडा कार्यालयमा कार्यरत एक कर्मचारीले ब्लाष्टलाई वताए । गएको भाद्र १ गते देखी लागु भएको मुलुकी अपराध संहिता ऐन ०७४ को अनुसुचि–९ को धर्म सम्वन्धी कसुरको महलमा प्रलोभन देखाएर धर्म परिवर्तन गर्न नपाउँने कानुनी व्यावस्था रहेको प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले ब्लाष्टलाई वताएका छन् । प्रजिअ कार्कीले धर्म सम्वन्धी महलको दफा १५८ को उपदफा २ मा कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनन देखी चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन भनिएको वताए । उनले कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले कार्यक्रम गरिएको पाइए कानुन् वमोजिम कार्वाही हुने वताएका छन् ।