सर्पले टाेकेर बराहक्षेत्रमा एक महिलाको मृत्यु
सुनसरी । सुनसरीको बराहक्षेत्र-१ स्थित कोलेनीमा शनिवार राती सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।
राती करिव ११ बजेको समयमा घर बाहिर आँगनमा निस्किएको बेला सर्पले टोकेर सोही स्थान बस्ने ४१ बर्षीया उषा दाहालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
सर्पले टोकेर घाईते भएकी दाहाललाई ईटहरी स्थित आर्मी व्यारेकमा उपचार पश्चात थप उपचारको लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा आईतबार राती साढे १ बजे बाटोमा नै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































