पानवारी । शेर्पा ब्रोअरी प्राली भरतपुरले खुम्बु खोच र हिमालयन रेड ब्राण्डका बियर बजारमा ल्याएको छ । शुक्रबार धरानको होटल इजि राइडर्समा एक कार्यक्रमको आयोजना गरी बियर बजारमा ल्याएको हो । ५ सय एमएलको क्यानलाई दुई सय ५५ रुपैया बजार मूल्य पर्ने खुम्बु खोच वियर जर्मन बियर स्टाइलमा बनाइएको दाबी कम्पनीले गरेको छ । त्यस्तै ५ सय एमएलको क्यानलाई दुई सय ७५ रुपैया बजार मूल्य पर्ने हिमालयन रेड वियर अमेरिकन बियर स्टाइलमा बनाइएको दाबी कम्पनीले गरेको छ । नेपालमा नै पहिलो पटक हातले उत्पादन गरेको बियर भनि दाबी गरिएको खुम्बु खोच र हिमालयन रेड बियर एक नं. प्रदेश भरी वितरण गर्न भनी गतवर्ष विराटनगरमा कार्यालय खोलीएको थियो । दुई महिना अघिदेखि बजारमा आएको बियरको विधिवत उद्घाटन भने शुक्रबार मात्रै भएको एरीया सेल्स मेनेजर नविन तामाङले बताए ।